काठमाडौं
विभिन्न १५ वटा आयोजनामा सम्झौता गर्दै नेपाल लगानी सम्मेलन– २०७५ मा सम्पन्न भएको छ। सरकारले सम्मेलनका क्रममा विभिन्न ७७ वटा आयोजनालाई ‘शो–केस’ मा राखेको भए पनि १५ वटा आयोजनाको सम्झौता भएको हो। ‘शो–केस’ मा राखिएका आयोजनामध्ये १७ वटा आयोजनामा वैदेशिक लगानीकर्ताले चासो देखाएका छन्। लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीका अनुसार विभिन्न १७ वटा आयोजनामा शुल्क तिरेर लगानी गर्ने चासो राख्दै प्रस्ताव आएको छ।
यद्यपि, अप्रिल २० तारिखसम्म ‘शो–केस’ मा राखिएका आयोजनामा आवेदन दिन सकिनेछ। सम्झौता भएका आयोजनामा पूर्वाधार तथा यातायात क्षेत्रका ७ वटा, ऊर्जामा ४, कृषिमा ३, शिक्षा तथा स्वास्थ्यका २ र एक लजिस्टिक पार्कमा वैदेशिक लगानी आउने भएका छन् ।
सम्मेलनका क्रममा नेपालले कृषि, जलविद्युत, उद्योग, पर्यटन, यातायात, शहरी पूर्वाधार एवम् शिक्षा तथा स्वास्थ्य क्षेत्र र सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी ७७ वटा परियोजना प्रस्तुत गरेको थियो।
सम्मेलनमा नेपालको चौधरी ग्रुप र भारतको सर्राफ गू्रपबीच लजिस्टिक पार्क बनाउन सम्झौता भएको छ भने ६ सय मेगावाट सोलार प्लान्ट स्थापन गर्न चौधरी ग्रुप र क्यानडाको स्काई पावरबीच समझदारी भएको छ। सौर्य ऊर्जाको प्लान्ट राख्नका निम्ति चौधरी इन्फ्रास्टक्चर कम्पनीका प्रबन्ध निर्देशक निर्वाण चौधरी र प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतबीच शनिबार नै सम्झौता भएको छ।
त्यस्तै ५ जी नेटवर्क विस्तारको लागि सिजी ग्रुप र टर्कीको लाइफ सेलबीच सम्झौता भएको छ । २६० मेगावाटको माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाका निर्माणका लागि कोरियाली कम्पनी कोसेव पावर कम्पनी र विश्व बैंकान्र्तगतको अन्तर्ाष्ट्रिय वित्त कोष (आईएफसी) ले ६५० मिलियन डलर लगानी सहमति गरेका छन्।
९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनामा स्टेट बैंक अफ इण्डियाले ६ हजार ५६० करोड, एभरेष्ट बैंकले ८१२ दशमलव ६१ करोड र नबिल बैंकले ४८७ दशमलव ५८ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन्।
यससँगै भारतीय लगानीमा निर्माण भैरहेको अरुण तेस्रो जलविद्युत् आयोजनाका निम्ति वित्तीय स्रोत जुटेको छ। यसै गरी १६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाका लागि नेपालको हाइड्रो सोलुसन र चाइना न्युकिलियर पावर कम्पनीबीच समझदारी भएको छ ।
यस आयोजनामा करिब ४० अर्ब रुपैयाँ वैदेशिक लगानी हुनेछ। बाराको सिमरा विशेष आर्थिक क्षेत्र (सेज) निर्माणका निम्ति सार्वजनिक–निजी साझेदारी (पीपीपी) अवधारणामा लगानी बोर्ड, अैइेफसी र सेज प्राधिकरणबीच समझदारी भएको छ।
बनेपामा बुटिक होटल निर्माण गर्नका निम्ति सिन्सियर कन्सल्टेन्ट, हिमालयन बुटिक रिसोर्ट, हर्बल डिडक्सिकेसनबीच समझदारी भएको छ । यसमा चीन र ताइवानबाट ६ अर्ब रुपैयाँ लगानी हुने बताइेको छ।गैराअवासीय नेपाली संघ (एनाअरएनए) द्वारा पूर्वाधार विकासमा लगानी गर्न १० अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाइेको छ।
त्यस्तै नेसनल कोल्याटरल म्यानेजमेन्ट सर्भिसेस इन्डिया र नेशनल वेयर हाउस कम्पनी हाउसिङ लिमिटेड समझदारी पनि सम्झदारी भएको छ। भारतको मुतुथ फाइनान्सले नेपालको युनाइटेड फाइनान्स ३९ दशमलव ९० करोड रुपैयाँ लगानी गर्नेेछ ।
अपी पावर कम्पनी र कँडेल ग्रुप अफ कम्पनीबीच सोलार (१८ मेगावाट), जलविद्युत् (९८ मेगावाट) र वायु ऊर्जा (१० मेगावाट) उत्पादन गर्नका निम्ति सम्झौता भएको छ।
नेपालको लगानी बोर्ड र दक्षिण अफ्रिकाको लगानी बोर्डबीच आयोजनाहरुको अध्ययन र लगानी साझेदारीका लागि सम्झौता भएको छ भने वायर हाउस निर्माणका लागि जोईन्ट भेन्चरमा ग्रीन हाउस फेम्ली र निम्बस गुपको सम्झौता भएको छ।
म्यानमार लाइसेन्स कन्टयाक्ट एसोसियसन र नेपाल निर्माण व्यवसायी महासंघ बीच नेपालको भौतिक संरचना निर्माणका लागिसम्झौता भएको छ। यसै गरी सम्मेलनकै क्रममा विश्व बैकान्र्तगतको अन्तर्ा्ष्ट्रिय वित्त निगम (आईएफसी) ले १ अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ । आईएफसीका उपाध्यक्ष पिटर लेन्क्स्ले आगामी चार वर्षमा उक्त रकम नेपालमा लगानी गर्ने घोषणा गरेका हुन्।