एजेन्सि
बिहे भएको तीन महिनामै बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी पप गायक निक जोनस डिभोर्स गर्ने अवस्थामा पुगेको एक अमेरिकी म्यागजिनले दावी गरेको छ । अमेरिकाको ‘ओके’ म्यागजिको रिपोर्टमा दावी गरिएअनुसार उनीहरु डिभोर्सको प्रक्रियामा अगाडि बढिसकेका छन् । समाचारमा उनीहरुबीच छोटो समयमै एक अर्काप्रति वितृष्णा उत्पन्न भएको र दुवै डिभोर्स गर्ने विषयमा सहमतिमा पुगिसकेको उल्लेख छ ।
निक प्रियंकाभन्दा १० वर्ष कान्छा छन् । उमेरले निक कान्छा भए पनि व्यवहारमा भने प्रियंका केटाकेटी जस्तो भएको र सोही कारण उनीहरुको सम्बन्ध संकटमा परेको रिपोर्टमा दावी गरिएको छ ।
उनीहरु हरेक विषयमा झगडा गरिरहेका हुन्छन्, काम, पार्टी वा सँगै समय बिताउने कुरामा । उनीहरुले हतारमा बिहेको निर्णय लिएका थिए र अहिले फुर्सदमा पछुताइरहेका छन् । स्रोतलाई उद्वृत गर्दै समाचारमा जनाइेको छ ।
स्रोतका अनुसार निकले बिहे अगाडि प्रियंकालाई कुल र सरल केटीको रुपमा चिनेका थिए । तर बिहेलगत्तै उनको धारणा बदलिएको छ । ‘अहिले प्रियंकाले निकलाई आफ्नो नियन्त्रणभित्र राख्न खोजिरहेकी छन् ।
साथै उनको आवेशमा आउने स्वभाव पनि झल्किएको छ, जसको भेउ निकले पहिले पाएका थिएनन् ।’ निकको परिवारले छिटोभन्दा छिटो प्रियंकासित सम्वन्ध तोड्न दवाव दीरहेको पनि स्रोत बताउँछ ।