बारा
अपडेट – आइतबार साँझ बारा र पर्सा जिल्लामा आएको विनाशकारी हावाहुरीबाट सोमबार बिहानसम्ममामृत्युको शख्या ३४ पुगेको छ । मर्नेहरुमा महिला १३, पुरुष १०, बालक एक, बालिका दुई, उपचारको क्रममा निधन एक गरी २७ जनाको निधन भएको जानकारी घटनास्थलमा खटिएको नेपाली सेनाबाट प्राप्त भएको छ । अन्यको विस्तृत विवरण आउन बाँकी छ ।
आईतबार साँझ हावाहुरीसहित परेको पानीले बारामा २५ जनाको ज्यान लिएको छ भने दर्जनौं घाइते घएका छन्। बाराको फेटा र पर्वानीपुर गाउँपालिकामा सबैभन्दा बढी क्षति भएको छ। फेटा गाउँपालिका–१ भलुई भरवलियामा हावाहुरीले घर भत्काउँदा पाँच जनाको मृत्यु भएको घटनास्थलमा रहेका प्रहरी निरीक्षक मोहनमान श्रेष्ठले जानकारी दिए ।
मृत्यु हुनेमा एक बालक रहेका छन्। बालकको शव वीरगन्जको हेल्थ केयरमा राखिएको छ। दुई शव वीरगन्जकै नारायणी अस्पतालमा राखिएको छ भने अन्य तीन शव मेडिकल कलेजमा राखिएको छ। शवको सनाखत भने हुन सकेको छैन।
हावाहुरीले सडक छेउका रुख र बिजुलीको पोल ढाल्दा घाइतेको उद्धारमा कठिनाइ भएको घटनास्थलमा रहेका प्रहरी निरीक्षक श्रेष्ठको भनाइ छ। घाइतेको उद्धारका लागि सडक पन्छाउने काम भैरहेको उनले बताए।
घटनास्थलबाट सयौंको संख्यामा घाइतेलाई उपचारका लागि वीरगन्जका विभिन्न अस्पतालमा पठाइेको बाराका एसपी सानुराम भट्टराईले जानकारी दिए। भट्टराईका अनुसार उद्धारको कार्य जारी रहेकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ।
वीरगन्जका प्रहरी निरीक्षक राजेश दत्तका अनुसार वीरगन्ज मेडिकल कलेजमा मात्र सय बढी घाइतेको उपचार भैरहेको छ। मेडिकल कलेजमा ल्याइेका सबै घाइते बाराको पर्वानीपुर गाउँपालिका–४ चैनपुरका हुन्।
साँझ हावाहुरीले सडकमा रोकिराखेका करिब २५ वटा बस र ट्रक पल्टाएपछि चैनपुरमा धेरै घाइते भएका हुन्। चैनपुरमा दर्जनौको संख्यामा भुसका घर भत्किएका छन्।। सबै घाइतेको वीरगन्जका विभिन्न अस्पतालमा उपचार भैरहेको प्रहरकिो भनाइ छ।