एजेन्सि
छिमेकी मुलुक भारतमा लोकसभा चुनावको मतदान मिति नजिकिँदै जाँदा नेताहरुका ‘चटक’ देखिन थालेका छन् । नेताहरु चुनाव जित्न जे पनि गर्न तयार हुन्छन। नेताहरु लाई हारको डरले जे पनि गराउन्छ चाहे त्यो साना नेता हुन या ठुला नेता।
केहि दिन अघि भारतिय प्रधान्मन्त्रि नरेन्द्र मोदिको एउटा यसतै द्रिश्य देखिएको थियो जब उनि कुम्भ मेलामा पुगेर सफाई कर्मचारिको खुट्टा धोएका थिए। त्यो चुनाब जित्नका लागि गरेको चटकनै थियो। अब स्थापित नेताले त त्यस्तो गर्छ भने कलाकार बाट नेता बनेकाले त आफ्नो चटक देखाउनेनै भए।
यस्तै चटक अहिले हेमामालिने ले देखाएकि छिन । बलिउडकी सुन्दर अभिनेत्री हेमा मालिनी सत्तारुढ दल भाजपाकी नेतृ हुन् । मथुराबाट सांसद उनी यो पटक पनि सोही निर्वाचन क्षेत्रबाट भाजपाकी उम्मेदवार हुन् । पार्टील उम्मेदवार घोषणा गरेसँगै उनी मथुरामा चुनावी कार्यक्रम लिएर मैदानमा उत्रिएकी छन् ।
मथुरामा यो सिजन भनेको गहुँ काट्ने हो । उनी किसानहरुसँग मत माग्न खेतमै पुगेर गहुँ काट्न थालेकी छन् । भारतीय मीडियामा हेमा मालिनीले मतदाताको खेतमा गएर गहुँ काटेको तस्वीरहरु प्रकाशित गरेका छन् ।
हेमा मालिनीले मथुरा निर्वाचन क्षेत्रको देवसेरस गाउँमा गएर मत माग्दा किसानहरुको खेतमा गएर गहुँ काटेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।