काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओली अैतबार साँझ आएको भीषण हावाहुरीको पुर्याएको जनधनको क्षतिको स्थलगत निरीक्षणका लागि केहीबेरमा बारा र पर्सा जाँदै हुनुहुन्छ ।
आईतबार गृहजिल्ला झापा जानुभएका प्रधानमन्त्री ओली झापामा सोमबार दिउँसोका पूर्वनिर्धारित कार्यक्रम स्थगित गरी हावाहुरी प्रभावित जिल्ला जान लाग्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले वताउनुभयो ।
प्रधानमन्त्री ओलीले आ इतबार राती नै ट्वीट मार्फत घटनामा परी जनधनको क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्दै उद्धारमा गम्भीर हुन र घाइतेको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिनुभएको थियो ।