बारा पर्सामा चिकित्सकको अभाव , चितवनबाट चिकित्सकको टोली जाँदै

समाचार
शेयर गर्नु होला

भरतपुर

तराईका हावाहुरी प्रभावित जिल्लामा चितवनबाट चिकित्सकको टोली पठाइने भएको छ । हावाहुरीले बारा, पर्सालगायतका जिल्लाका अस्पतालमा चिकित्सकको अभाव खड्किएपछि चितवनबाट चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली पठाउन लागिएको हो ।

चितवन मेडिकल कलेजबाट ३५ जनाको चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली त्यसतर्फ जाने तयारीमा रहेको प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले राससलाई जानकारी दिनुभयो ।

चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीले प्राथमिक उपचारका सामग्री र औषधिसमेत लैजाने बस्नेतले बताउनुभयो ।अन्य अस्पतालबाट पनि चिकित्सक पठाउने तयारी भैरहेको उहाँले जानकारी दिनुभयो ।

रक्तदान कार्यक्रमको आयोजना

तराईका हावाहुरी प्रभावित जिल्लामा रगतको अभाव भएपछि चितवनमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । भरतपुरको चौविसकोठीमा आज ११ बजे खुला रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

चितवनका सामाजिक अभियानकर्मी, विभिन्न सङ्घसंस्था क्लबलगायतले रक्तदान कार्यक्रमको आयोजना गरेको सहयोगी हात संस्थाका सञ्चालक तथा सामाजिक अभियानकर्मी सूर्य पौडेलले जानकारी दिनुभयो ।रासस


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *