काठमान्डौ
निर्माता तथा निर्देशक अशोक शर्माले बनाउन लागेको नयाँ चलचित्र ‘रातो टिका निधारमा’ का लागि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह फाइनल भएकी छिन् । उनले यो चलचित्रका लागि महंगो पारिश्रमिक वुझेको बताइेको छ ।
चर्चा चले अनुसार साम्राज्ञीलाई निर्माणपक्षले १६ लाख पारिश्रमिक दिएको छ । यसमा उनले तिर्ने कर समेत सामेल छ ।
चलचित्रका लागि यसाघि नै नायिका नीता ढुंगाना, कलाकार रविन्द्र झा लगायत फाइनल भैसकेका छन् । चलचित्रको छायांकन वैशाखबाट सुरु हुनेछ । चलचित्रलाई आउदो बर्षको दशैंमा रिलिज गर्ने योजनामा अशोक लागेका छन् ।
चलचित्रबाट नायक शर्माले आफ्नै छोरा अंकित शर्मालाई डेब्यू गराउने तयारी समेत गरेका छन् । यसो भएको खण्डमा चलचित्रमा अंकित र साम्राज्ञीको जोडी जम्नेछ ।