भगवान शिवको एकादश रुद्रावतारहरु मध्य एक हुन हनुमानजी। मानिन्छ उनको जन्म वैशाख पूर्णिमामा भएको थियो। यस दिन हनुमान जि को जयन्ति मनाईन्छ। यिनको पुजा बिधि शिवार्चनको जस्तै सरल साधना विधि छ।
आवश्यकताको अनुसार मंत्र इत्यादिमा परिवर्तन गर्न सकिन्छ। पूर्णत: सात्विक रहदै हनुमानजीको पूजन-भजन गर्नु पर्दछ अन्यथा देव कोप भोगनु पर्न सक्छ। साधारणतया हनुमान प्रतिमामा चोला चडाइन्छ।
हनुमानजीको कृपा प्राप्त गर्नका लागि मंगलवारमा तथा शनि महाराजको साढ़े साती, अढैया, दशा, अंतरदशामा कष्ट कम गर्नका लागि शनिवारको दिन चोला चढाईन्छ। साधारणतया मान्यता छकि यसै दिन यो कार्य गर्नु पर्दछ तर, अरु दिनमा पनि जस्तै आईतबार, सोम, बुध, गुरु (बिहि) शुक्रमा चढाउन निषेध छैन।
चोलामा चमेलीको तेलमा सिन्दूर मिलाएर प्रतिमामा लेपन गरेर राम्ररि सफा गरेर स्थापित गर्नु पर्दछ। यस प्रक्रियामा केहि कुराहरुको राख्न ध्यान राख्न जरुरि छ। पहिलो कुरा चोला चढाउदा शुद्ध वस्त्र धारण गरौ।
दोस्रो खुट्टा देखिन शिख सम्म (सृष्टि क्रम) तथा शिख बाट खुट्टा सम्म संहार क्रम मानिन्छ। सृष्टि क्रम यानि खुट्टा देखिन मस्तक सम्म चढाउदा देवता सौम्य रहन्छन। संहार क्रममा चढाउदा देवता उग्र हुन्छन।यह कुरा श्रीयंत्र साधनामा सरलता बाट समझन सकिन्छ।
यदि कुनै विशेष कामना पूर्ति भएमा पहिले संहार क्रम बाट, जब सम्म कामना पूर्ण न भए सम्म, पश्चात सृष्टि क्रम बाट् चोला चढाउन सकिन्छ । ध्यान राखौ, पूर्ण कार्य संकल्पित होस। सात्विक जीवन, मानसिक एवं शारीरिक ब्रह्मचर्यको पालन अनिवार्य छ।