इटालीबाट ल्याइएको ब्रुमर को चमत्कार, एक हफ्ता मा लगभग दुई सय टन धुलो सङ्कलन गर्न सफल

फोटो फिचर समाचार
शेयर गर्नु होला

केही दिन अघी मात्र नेपाल मा अत्यादुनिक प्रबिधी को सडक सफा गर्ने ब्रुमर लाई ईटाली बाट भित्र्याईेको थियो र उक्त मेशिन को प्रयोग बाट धेरै लाभ हुने कुरा को अनुमान पनि गरिएको थियो र हालै अनुमान स्वरुप उक्त मेशिन ले आफ्नो काम पनी देखाएकोछ। काठमाडौँ महानगरपालिकाले बु्रमर सञ्चालन गरेको एक हप्ता पुग्नै लाग्दा सडकबाट दुई सय टन धुलो सङ्कलन गरेको छ । महानगरले गत बुधबारदेखि सुन्दर शहर निर्माण गर्ने कार्यअनुरुप अत्याधुनिक यन्त्रबाट सडक सफा गर्न थालेको हो ।

गत फागुन २८ गते इटालीबाट ल्याइएका पाँच ब्रुमर प्रयोगमा ल्याइएका हुन । हरेक दिन पाँच यन्त्रले निर्धारण गरेको रुट अनुरुपनै काम गरिरहेका जनाइएको छ । महानगरको वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठका अनुसार बु्रमरले सडक सफा गर्दा समस्या आएपछि खाल्डाखुल्डी पुर्न सडक विभागसँग आग्रह गरेको छ । खाल्डाखुल्डी नभए नियमित सहजतापूर्व काम हुने हुँदा तत्काल समस्या समाधान गरिदिन आग्रह गरेको हो ।

सडकको मुख्य स्थान न्युरोण, रत्नपार्क, जमल, कालीमाटी कलङ्की, पुतलीसडक, बिजुलीबजारलगायतका स्थानमा खाल्डाखुल्डी रहेकाले महानगरले सडक विभागसँग पुर्नका आग्रह गरेको हो । यसअघि विशिष्ट व्यक्तिको आवतजावत रहेका बेला सडक विभाग र महानगरपालिकाले आपसी समन्वय गर्दै विभागसँग रहेका दुई ब्रुमरले सडक सफा गरिँदै आएको थियो । महानगरसँग यसअघि रहेको एक बु्रमर पनि काम गर्न नमिल्ने अवस्थामा रहेको थियो ।

गत असारमा गरिएको बोलपत्रका आधारमा उक्त यन्त्र ल्याइएको हो । काठमाडौँका सडकमा माटो धेरै भएकाले यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा यातायात व्यवस्था विभागसँग छलफल गरिरहेको छ । कानूनी रुपमा आठ मिटरभन्दा कम चौडाइका सडक मात्र महानगरकोे जिम्मेवारीमा छन् । ती ब्रुमर रु १० करोड ८० लाखमा ल्याइएको हो ।

पाँच ब्रुमरमध्ये चार वटा १६ टन क्षमता बराबरका तथा अर्को एउटा छ टन क्षमताको छ । ती ब्रुमर दैनिक १० किलोमिटरसम्मको धुलो सङ्कलन गर्नसक्ने क्षमताको रहेका छन् । यूरो मापदण्डका भनिएका उक्त ब्रुमरमा अगाडि, बीचमा र पछाडि भागको दायाँबायाँ गरी प्लास्टिकका चार ब्रससहित धुलो तान्न सक्ने शक्तिशाली पाइप जडान गरिएका छन् ।

खाल्डाखुल्डी र भूकम्पका कारण भत्किएका संरचना पुनःनिर्माणको कामले पनि समस्या भएको विभागले जनाएको छ । मुख्य सडक सुनधारास्थित धरहरा, दरबार हाईस्कुल, रानीपोखरी, काठमाडौँ भ्यू टावर र बसपार्कमा विभिन्न स्थानबाट आएका सवारी साधनले ल्याएका हिलो माटोका कारण सफा गर्न समस्या भएको महानगरको वातावरण विभागले जनाएको छ ।
(रासस)


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *