आईपिएलमा सन्दिपको सानदार बलिंगको बिच दिल्लीको नाटकिय हार

खेलकुद
शेयर गर्नु होला

काठमाडौं 

इन्डियन प्रिमियर लिग (आइपीएल)को सोमबार राति खेलिएको खेलमा सन्दीप लामिछाने आवद्ध टोली दिल्ली क्यापिटलले हार व्यहोरेको छ । दिल्ली किंग्स ११ पञ्जावसँग १४ रनले पराजित भएको हो। मोहली क्रिकेट मैदानमा भएको खेलमा दिल्लीले टस जितेर पहिले बलिङ रोजेको थियो। टस हारेर पहिले ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६६ रन बनाएको थियो । १६७ रनको लक्ष्य पाएको दिल्ली १९.२ ओभरमा १५२ रन बनाउँदा अलआउट हुन पुग्यो।

सोमबार राति भएको खेलमा किंग्स इलाभेन पञ्जाबसँग दिल्लीले १४ रनको अकल्पनीय हार ब्यहोरेको हो । १६ ओभरको समाप्तिमा दिल्लीको तीन विकेटको क्षतिमा १३७ रन बनाएको थियो । अब दिल्लीलाई जितको लागि २४ बलमा ३० रन आवश्यक थियो भने अझै सात विकेट बाँकी थियो।

तर एकाएक खेलमा परिवर्तन ल्याए पञ्जाबका बलर मोहम्मद शामीले । उनले १६.४ ओभरमा ब्याट्सम्यान रिसभ पन्तलाई ३९ रनमा आउट गराएपछि दिल्लीको विकेट पतन सुरु भयो । यसपछि दिल्लीले जम्मा आठ रन मात्रै बटुल्न सक्यो ।

लगतै अर्को बलमा क्रिस मोरिस शून्यमै रनआउट भएपछि दिल्ली दबावमा आएको थियो । लगतै १७ औं ओभर बलिङ गर्न आए साम कुरान । उनले पनि पञ्जाबका लागि सनशनीपूर्ण बलिङ गरे । साम कुरानले १७.४ ओभरमा कोलिन इङ्रामलाई ३८ रनमा आउट गराए । यही ओभरको अन्तिम बलमा हर्षल पटेललाई शून्य रनमै आउट गराएका कुरानले यो ओभरमा मात्र ४ रन खर्चिए ।

त्यस्तै, १९ औं ओभरमा शामीले अर्को विकेट लिएपछि दिल्लीले ८ विकेटको क्षतिमा १५२ रन बनाएको थियो । साम कुरानले २०ौं ओभरको पहिलो बलमा कागिसो रबडा र दोस्रो बलमा सन्दीप लामिछानेलाई शून्य रनमै आउट गराएपछि दिल्ली १५२ रनमै समेटिएको थियो ।

दिल्लीका लागि कप्तान श्रेयस इयर, शिखर धावन, रिसब पन्त र कोलिन इङ्रामले मध्यम स्कोर बनाए भने अन्यले ५ रन भन्दा बढी बनाउन सकेनन् । चार व्याट्म्यानले क्रमश २८, ३०, ३८ र ३९ रन बनाएको , यस खेलमा नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले पनि ब्याटिङको मौका पाएका थिए ।

आइपीएल यस सिजनको दोस्रो खेलमा खेल्ने मौका पाएका सन्दीपले बलिङमा भने निकै राम्रो प्रदर्शन गरे । ४ ओभरमा २ विकेट लिएर २७ रन दिएका सन्दीप यस खेलमा पनि दिल्लीका लागि सबैभन्दा किफयती बलर बने।

४ खेलमा २ जित र २ हार व्यहोरेका दिल्ली अंक तालिकाको ५ औं स्थानमा छरेको छ । भने ४ खेलमा ३ जित हात पारेको पञ्जाब दोस्रो स्थानमा उक्लिएको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *