राष्ट्रपति र प्रधानमन्त्रीको तस्बीर दुरुपयोग गर्ने पक्राउ

समाचार
शेयर गर्नु होला

काठमाडौँ

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले राष्ट्रपति र प्रधानमन्त्रीको तस्बीर अंमर्यादित र अशोभनीय ढङ्गले राखेर सामाजिक सञ्जालमा पोष्ट गर्ने दुई जनालाई पक्राउ गरेको छ।

ब्यूरोको टोलीले सामाजिक सञ्जालमा राष्ट्रपति तथा प्रधानमन्त्रीको तस्बीर अंमर्यादित तथा अशोभनीय तरिकाले पोष्ट गर्ने पाल्पाका २२ वर्षीय निर्मल गैरे र रुपन्देहीका २३ वर्षीय यमप्रसाद पन्थीलाई पक्राउ गरेको हो।

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले विद्युतीय कारोवार ऐन विपरीत कार्य गरेकाले गैरेलाई भक्तपुर र पन्थीलाई चितवनबाट चैत १३ गते पक्राउ गरी सोमबार सार्वजनिक गरिएको जानकारी दिए। रासस


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *