सन्दीप बिश्वका चर्चित् स्पिनरहरुलाई पछि पार्दै २०१९ मा सर्वाधिक विकेट लिने क्रिकेटर

खेलकुद
शेयर गर्नु होला

काठमाडौँ

नेपाली लेग स्पिनर सन्दीप लामिछाने सन् २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बनेका छन्। अन्तर्‍ाष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसी)का अनुसार सन् २०१९ को जनवरीदेखि मे १ सम्म सन्दीपले २७ विकेट लिँदै पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी, अफ्गानिस्तानका राशिद खान, बङ्गलादेशका सकिब अल हसनलाई पछि पारेका हुन्।

सन् २०१९ मा अफ्रिदीले २६, राशिद २५ र सकिबले २४ विकेट लिएका छन्। दिल्ली क्यापिटल्सबाट इन्डियन प्रिमियर लिग (आईपिएल) खेलिरहेका सन्दीपले सोमबार रातिको लिगान्तर्गत १३ औँ खेलमा किङ्ग्स इलेभेन पञ्जाबसँग ४ ओभरमा २७ रन खर्चेर दुई विकेट लिएसँगै सन्दीपले यो सफलता हात पारेका हुन्।

सन् २०१९ को जनवरीयता सन्दीपले बङ्गलादेश प्रिमियर लिगमा सिल्हेट सिक्सर्सबाट खेल्दै छ खेलमा चार विकेट, युएई सँगको तीन टि–२० सिरिजमा पाँच विकेट लिन सफल भएका थिए। सन्दीप युएीसँगको सिरिजपछि पुनः अष्ट्रेलियाको बिग ब्यास लिग खेल्दै चार विकेट लिएका थिए।

त्यसैगरी पाकिस्तान सुपर लिगमा सन्दीपले ११ विकेट लिए। जारी आईपिएलमा सुरुवाती दुई खेलमा तीन विकेट लिएपछि सन्दीपको २७ विकेट पुगेको हो।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *