बारा तथा पर्साका हावाहुरी प्रभावित क्षेत्रमा ठुलो मात्रामा त्रिपाल वितरण

समाचार
शेयर गर्नु होला

काठमाडौँ

नेपाल प्रहरी श्रीमती सङ्घले बारा तथा पर्साका हावाहुरी प्रभावित क्षेत्रमा पाँच हजार थान त्रिपाल वितरण गर्ने भएको छ । सङ्घले आईतबार साँझ हावाहुरीले क्षति पु¥याएको बारा र पर्साका विभिन्न बस्तीमा त्रिपाल, खाद्यान्न र सरसफाइका सामग्री वितरण गर्न लागेको हो ।

सङ्घका अध्यक्ष प्रमिला खनालले हावाहुरी प्रभावितलाई तत्काल राहतस्वरुप सङ्घले उक्त सामग्री वितरण गर्न लागेको जानकारी दिनुभयो । “खाद्यान्नलगायत सामग्री आजै बारा र पर्सा लगेर वितरण गछौँँ,” उहाँले भन्नुभयो ।

विसं २०४१ मा स्थापना भएको सङ्घले स्थापनाकालदेखि सामाजिक सेवाको क्षेत्रमा काम गर्दै आएको छ । हावाहुरी प्रभावितको उपचारका लागि नेपाल प्रहरी अस्पताल महाराजगञ्जबाट १९ विशेषज्ञ चिकित्सकसहितको टोली उपचारमा खटिएको छ ।

यसैबीच सोमबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हावाहुरीबाट प्रभावित बारा र पर्साका विभिन्न बस्तीको अवलोकन गर्नुभएको थियो । अवलोकनको क्रममा महानिरीक्षक खनालले खोज, उद्दार र राहतमा खटिन प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो ।

हावाहुरीबाट बारामा २६ र पर्सामा एकजनाको ज्यान गएको थियो भने ६०० भन्दा बढी घाइते भएका थिए । मृत्यु हुनेमा २३ नेपाली र चार भारतीय रहेको गृह मन्त्रालयले जनाएको छ ।रासस


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *