हावाहुरीमा उडेको अस्तव्यस्त जनजीवन सामान्य बन्दै , पीडितको प्राथमिकतामा खाना र छाना

समाचार
शेयर गर्नु होला

काठमाडौंँ

बारा र पर्सामा आईतबार आएको वर्षासहितको भीषण हावाहुरीबाट पीडितहरूको अबको प्राथमिकतामा खाना, नाना र छाना परेका छन् । स्थानीय तहबाट तत्कालका लागि भोजन, पाल, झुुलको व्यवस्था गरिएको छ भने मङ्गलबारबाट सरकारी, गैरसरकारी र व्यक्तिगत रूपमा राहत वितरण गर्ने तीव्र भएको छ ।

अस्तव्यस्त जनजीवन क्रमशः सामान्य बन्दै छ । स्थानीय तहका सरकार प्रमुखहरूका अनुसार सुरुमा घाइतेको उपचार र मृतकको अन्तिम संस्कार पहिलो प्राथमिकता थियो भने अब खाना, नाना र छाना (आवास) को आवश्यकता छ ।

स्थानीय तहका प्रमुखहरुले प्रदेश र केन्द्र सरकारले पीडित परिवारका लागि आवास बनाइदिने व्यवस्थाका लागि आग्रह गरेका छन् । विनाशकारी हावाहुरीबाट फुसका घर, टाली, जस्तापाताले छाएका घर त पूरै नष्ट भएका छन् भने पक्की घरसमेत क्षतिग्रस्त भएका छन् । घरमा राखिएको अन्नपात प्रायः सबै नष्ट भएको छ, खेतबारीमा लगाएको गहँुु, मसुरो र रहरजस्ता बालीसमेत पूूरै नष्ट भएका छन् ।

सबैभन्दा बढी क्षति भएको बाराको फेटा गाउँपालिकाका अध्यक्ष अंिरीलाल प्रसादले भन्नुुभयो, ‘‘साधारण घरको कुरै नगरौँ, ढलान गरेर बनाएको स्वास्थ्य चौकी भवनलाई ३० मिटर पर लगेर लडाइदिएको छ, बाली नाली केही छैन, गाछी (रुख बिरुवा) छैनन् र बत्ती पनि छैन ।’’

फेटा गापाको वडा नं। ७ को टोल गमरियामा रहेको स्वास्थ्य चौकी नभएपछि त्यहाँ अब नयाँ भवन बनाउनुुपर्ने भएको छ । सर्वसाधारणका लागि त आवासको तत्काल आवश्यक छँदैछ । अध्यक्ष अमिरीलालले प्रदेश सरकारले तीन लाख रुपियाँ दिने घोषणा गरेको छ तर वितरण भैसकेको छैन, गाउँपालिकाले मृतक परिवारलाई जनही ३० हजार रुपियाँ प्रदान गर्ने निर्णय गरेको जानकारी दिनुुभयो ।

फेटाका वडा नं. १, ३, ६ र ७ वडामा ठूलो क्षति भएको छ । यहाँ २० जनाको निधन भएको छ र एक सयजना त अझै अस्पतालमा उपचारार्थ रहेको जानकारी अध्यक्षले दिनुुभयो । उहाँले भन्नुुभयो, ‘‘मङ्गलबार अपेक्षा गरेअनुसारकै राहत वितरण भएको छ, सशस्त्र प्रहरीसहितका धेरै संस्था र व्यक्तिले आएर राहत वितरण गर्नुभएको छ तर पीडितको सङ्ख्या धेरै हुँदा जति आए पनि ठिक्कै हुन्छ ।’’

यसैगरी, बाराकै स्वर्ण गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादवले घटनामा दुुईजनाको निधन भएको छ भने गम्भीर घाइते दुुईजनाको काठमाडाँैंमा उपचार भैरहेको छ । तीनवटा वडाका ५५० जना घाइते भएको जानकारी दिनुुभयो ।

अध्यक्ष यादवले भन्नुुभयो, ‘‘किसानका धानबाली, मसुरी बाली सबै नष्ट भएका छन्, बस्ने बास छैन, खाने थाल छैन, यस्तो विपत्ति परेका बेलामा हामीले मात्र सहयोग गरेर सक्दैनौँ, त्यसैले प्रदेश सरकारले बिउबिजनको व्यवस्था गरिदिनुुप¥यो र केन्द्र सरकारले आवास बनाइदिनुु प¥यो।’’

यस नपामा मङ्गलबार गैर आवासीय नेपाली सङ्घले चामाल, दाल, तेल वितरण गरेको छ । महागढी माइ नगरपालिकाका प्रमुख उपेन्द्रप्रसाद यादवले केन्द्र र प्रदेश सरकारले पीडितको आवास बनाउन सहयोग गर्नुपर्ने माग गर्नुभयो ।

यस नपामा १२५ वटा घरधुरी पूरै ध्वस्त भएका छन् । नपाले घरवारविहीनलाई पाल वितरण गरेको छ । ओछ्याउन अनि घाम र पानीबाट बच्न पाल वितरण गर्नुका साथै बिजुली बत्ती नभएकाले जेनेटर बालेर सेवा प्रदान गरिएको छ ।

कसैको पनि चुलो छैन, तसर्थ मङ्गलबार बिहानबाट नपाले मेस सञ्चालन गरिएको जानकारी प्रमुख यादवले दिनुुभयो । त्यहाँ मङ्गलबारबाट केही संस्थाले राहत वितरण सुुरु गरेका छन् ।गोरखापत्र दैनिक


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *