छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

समाचार
शेयर गर्नु होला

फिदिम

१३ वर्षीया छात्रालाई ललाइफकाइ यौन दुव्र्यवहार गरेको आरोपमा पाँचथरमा प्रहरीले एक जना शिक्षकलाई पक्राउ गरेको छ । कक्षा ८ मा अध्ययनरत आफ्नै विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको आरोपमा पाँचथरको हिलिहाङ गाउँपालिकामा कार्यरत सप्तरीको शम्भुनाथ गाउँपालिका घर भएका शिक्षक उपेन्द्र चौधरी मङ्गलबार पक्राउ परेका हुन् ।

विज्ञान विषयका शिक्षक चौधरीले बालिका घरमा एक्लै भएको मौका छोपी ललाइफकाइ यौन दुव्र्यवहार गरेको पीडितले बयान दिएकी छन् ।

बालिकालाई परीक्षामा प्रथम बनाइदिने प्रलोभन देखाउँदै यौन दुव्र्यवहारको प्रयास गरेको पीडित आफन्तले प्रहरीमा उजुरी दिएपछि चौधरीलाई मङ्गलबार नियन्त्रणमा लीएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

चौधरीमाथि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले जानकारी दिनुभयो । रासस


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *