मुलुक अधिनायकवादतर्फ नभैइ समाजवादतर्फ उन्मुख : प्रधानमन्त्री ओली

समाचार
शेयर गर्नु होला

काठमान्डौ

प्रधानमन्त्री केपी शर्मा ओलीले अधिनायकवाद आयो भनेर जनतामा भ्रम नछर्न प्रमुख प्रतिपक्ष दल कांग्रेसलाई चेतावनी दिएका छन् । काठमाडौंमा बुधबारबाट सुरु भएको राष्ट्रिय विकास परिषद बैठकको उद्घाटन गर्दै उनले मुलुक समृद्धिको अभियानमा केन्द्रीत भएको र त्यसतर्फ सबै राजनीतिक दलहरुलाई केन्द्रीत हुन आह्वान गरे ।

मुलुक अधिनायकवादतर्फ नभैइ उन्नत लोकतन्त्र समाजवादतर्फ उन्मुख भएको भन्दै उनले पाँच वर्ष भित्र मुलुकबाट भोकमरी अन्त्य हुने गरी सरकारले काम गर्ने बताए । साथै, त्यसको लागि आवश्यक योजनाको सुझाव दिन सबैलाई आग्रह गरे ।

परिषद बैठकमा २५ वर्षीय दीर्घकालीन सोचसहितको १५ औं योजनाको आधार पत्रको मस्यौदा प्रस्तुत गरिएको छ । सो मस्यौदामा देखिएको कमीहरुलाई हटाएर त्यसलाई समृद्ध बनाई मुलुकलाई समृद्ध बनाउने अभियानमा जुटन प्रधानमन्त्रीले सबैलाई आह्वान गरे ।

प्रधानमन्त्री ओलीले १५ औं योजनाको आधार पत्रको मस्यौदामा उद्योग, पर्यटन, उर्जा, पूर्वाधार विकासमा जोड दिएर मुलुकलाई समृद्ध बनाउने योजना तय गरिएको बताए ।

परिषदका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले निरक्षरता उन्मुलन गर्ने, मानव स्वास्थ्यलाई ध्यानमा राखेर स्वच्छ खाद्य बस्तु उत्पादन गर्ने, ठूलो मात्रामा बस्तुहरुको उत्पादन गरेर निर्यात व्यापारको बढाउँदै लैजाने सरकारको योजना रहेको बताए ।

सरकारले एक वर्ष भित्र पूर्वाधार विकासलगायतका क्षेत्रमा उल्लेख्य काम गरेको दावी गर्दै त्यसलाई अझ तीव्रताका साथ अघि बढाउने योजना रहेको उनले बताए ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *