विप्लव समूहका ५४० नेता कार्यकर्ता पक्राउ

समाचार
शेयर गर्नु होला

काठमाडौँ

नेपाल प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका ५४० नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न घटनामा संलग्न रहेको भन्दै वैशाखदेखि हालसम्म देशका विभिन्न भागबाट उनीहरुलाई पक्राउ गरेको हो ।

वैशाखमा ६१, जेठमा ६१, असारमा ५२, साउनमा ४८, भदौमा ४२, असोजमा ३३, कात्तिकमा दुई, मङ्सिरमा चार, पुसमा १२, माघमा २३, फागुनमा ७३ र चैतमा १०४ नेता तथा कार्यकर्तालाई पक्राउ गरेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।

पक्राउ परेकासँग प्रहरीले चन्दा संकलनको लेटरप्याड, सरकारविरुद्धको पर्चा पम्पेट, सैन्य तालीम गराउने दस्तावेजलगायतका सामग्री बरामदसमेत गरेको छ ।

प्रहरी प्रवक्ता सुवेदीले राज्यविरुद्धको गतिविधि गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको बताउनुभयो । “पक्राउ परेकालाई अनुसन्धान गरेर केहीलाई छाडेका छौँ र केहीलाई विभिन्न कसुरान्तर्गत मुद्दा चलाएका छौँ”, उहाँले भन्नुभयो ।

विप्लव समूहले फागुनमा ललितपुरमा गराएको बम विष्फोटबाट एकको निधन भएको थियो भने यसभन्दा पहिले दुईको मृत्यु भएको थियो ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *