शेयर बजार – सामान्य अङ्कको वृद्धि

अर्थ
शेयर गर्नु होला

काठमाडौँ 

मङ्गलबार दोहोरो अङ्कको वृद्धि भएको शेयर बजार आज भने सामान्य अङ्कले मात्र वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २.०१ बिन्दुले बढेर एक हजार १६५.८४ बिन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक ०.५७ बिन्दुले बढेर २४८.७२ बिन्दुमा पुगेको छ । धितोपत्र बजारमा आज कूल १७० कम्पनीका २० लाख २९ हजार १५ कित्ता शेयर रु ५४ करोड ५८ लाख १८ हजार ६१९ मा खरीदबिक्री भए ।

कारोबार भएका दश उपमूहमध्ये आज दुई उपसमूहको शेयर उकालो लागेको छ भने आठ उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ४.५३ र विकास बैंक ६.११ बिन्दुले बढ्दा होटल १५.८१, जलविद्युत् ३.९६, वित्त २.०३, निर्जीवन बीमा ६.६१, उत्पादन ५.१२, अन्य ०.९२, लघुवित्त २.३९ र जीवन बीमा ३.८३ बिन्दुले घटेको छ । स्टकका अनुसार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका शेयधनीले ४।६४ प्रतिशतले कमाएका छन्।

यस्तै कन्काई विकास बैंकका शेयरधनीले ४.१३, लक्ष्मी इक्युटी फण्डका शेयरधनीले ३.८८, स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयर धनीले २.८३ र साङ्ग्रिला विकास बैंकका शेयरधनीले २.८० प्रतिशतले कमाएका छन् ।

त्यस्तै युनिभर्सल पावर कम्पनीका शेयरधनीले ९.८४, सिन्धु विकास बैंकका शेयरधनीले ४.९२, घलेम्दी हाइड्रो लिमिटेटका शेयरधनीले ४.६३, हिमालय पावर पार्टनर लिमिटेडका शेयरधनीले ३.६८ र भागर्व विकास बैंकका शेयरधनीले ३.६८ प्रतिशतले गुमाएका छन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *