चर्चित मार्सीधानको बिउ राखे किसानले

समाचार
शेयर गर्नु होला

खलङ्गा

जुम्लाको चर्चित कालीमार्सी र रातीमार्सी धानको किसानले बेर्ना राखेका छन् । परम्परागत संस्कार अनुसार किसानले चत २० गते उमारेको टुसा भएको धानको बेर्ना राख्ने चलन छ । सोहीअनुसार बुधबार किसानले उमारेको बिउ ब्याडमा छरेका छन् ।

किसानले पुरानो संस्कार अनुसार चैत १२ गते बिउका बोरा पानीमा राखेर रुजाउने, १६ गते बाहिर निकाल्ने र २० गते बेर्नामा छर्ने चलन अनुसार जुम्ली किसानले आज बिउ छरेका हुन् । हरेक वर्ष चैत २० गते कर्णाली मार्सी धानको बिउ घरमै उत्पादन गरी छर्ने चलन रहेको हुन्छ ।

यस दिनलाई यहाँको संस्कारमा विच्छेति पनि भन्निछ । जुन धान रोप्ने दिन यहाँको संस्कारमा धान उत्पादनको आरम्भ दिनको रूपमा लीन्छ ।

यहाँको चलन अनुसार महिलाले मागल पुकारेसँगै सबैले चन्दननाथ, भैरवनाथ, कनकसुन्दरी, मस्टो, कालीका, मालिका देवतालाई र आ–आफ्नो मान्ने कुल देवतालाई सम्झेर चैत १२ गतेबाट धान रोप्ने प्रक्रिया सुरु गरिन्छ । विषेश गरी जुम्लामा मार्सी धानखेतीका लागि चन्दननाथ बाबाले दिएको उपदेशका आधारमा कर्णालीमा धानखेतीको सुरुवात गरेको पाइन्छ ।

श्रीशाक्के ९६३ अर्थात् वि।सं। १०९८ सालमा जुम्लामा धानखेती सुरुवात भएको पाइन्छ । पूरै विशाल खस सिंजा राज्यभर वि।सं। १११२ सालमा धानको खेती लागाएको इतिहास छ ।

चैत १२ गते विभिन्न तरिकाले बिउ राखेर २० गते बेर्नामा लगरे साथै आफन्त र छोरी कुटुम्बलाई बोलाई मीठो भोजन गर्नु भनी चन्दननाथ बाबाले भनेअनुसार नै गर्ने गरिएको छ । चैत १६ गते भिजाएको धानको चिउरा कुट्ने र खाने चलन रहेको छ ।

मार्सी धानको खेतीको प्रक्रियासँगै यसको महत्व पनि उतिकै मानिदै आएको छ। मार्सी धानलाई विभिन्न रोगको औषधिको रूपमा पनि प्रयोग गरिन्छ। यसको रातो भातकोे खीर निकै स्वादिलो हुन्छ ।

इतिहासमा पहिला राजपरिवारमा पनि जुम्लाकै मार्सी धान पठाउने गरिन्थ्यो । अहिले पनि अधिकांश व्यक्तिहरुले यसको प्रयोग गरेको पाइन्छ। अहिले नेपाली बजारमा यसको माग बढिरहेको छ।तस्बिर गोरखापत्र


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *