जान्हवी र रणवीर कपुरको जोडी बन्दै

मनोरञ्जन
शेयर गर्नु होला

एजेन्सि

लव रन्जनको निर्देशनमा बन्न लागेको नयाँ चलचित्रका लागि बलिउड नायकद्धय रणवीर कपुर र अजय देवगण पक्का भैसकेका छन् । यो चलचित्रमा रणवीरको जोडीको रुपमा नायिका दीपिका पादुकोण रहने हल्ला चलिरहेको थियो । तर, उक्त कुरा मिथ्या सावित गर्दै चलचित्रमा जान्वी कपुरले इन्ट्री मारेकी छिन् ।

यो चलचित्रमा जान्वी रणवीरको जोडी बन्नेछिन् । अजयको जोडी भने निर्माण युनिटले खोजी गरिरहेको छ । नाम तय भैनसकेको यो चलचित्रको हाल प्रोडक्सनमा काम भैरहेको छ ।

एक्सन जनरामा निर्माण हुन लागेको यो चलचित्रमा निर्देशक रन्जनकै लगानी रहने छ । निर्देशक रन्जनका अनुसार चलचित्रमा लभ, रोमान्स, एक्सन देखि सम्पूर्ण खुराक हुनेछ ।चलचित्रको छायांकन डिसेम्बरबाट सुरु गरिने बताइेको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *