काठमान्डौ
सामाजिक सन्जाल बर्तमान समयमा एउटा यस्तो माध्यम बनेको छ जहा कहिलेकाही हामीले नसुनेका या नदेखेका कुराहरु हेर्न र सुन्न पाउछौ। सामाजिक सन्जालको बिषेशता नै यही हो। यस्तै प्रकरणमा हिजो आज सन्जालमा एउटा यस्तो भिडिओ हेर्न पाईएको छ जुन आफैमा बिषेश रहेको छ।
हामी कुरा गर्दै छौ त्यो भिडियोको जसलाई नेपालको पहिलो म्युजिक भिडिओ भनेर भनिएको छ। हामिलाई यो त थाहा छैन कि उक्त भिडियो नेपालको पहिलो म्युजिक भिडिओ होकि हैन भनेर तर भिडियो आफैमा दुर्लभ र बिषेश रहेको छ।
उक्त भिडियो गितको बोल रहेको छ “मायालु” र गितमा स्वर नेपाली चलचित्र जगतका सुपरस्टार भुवन केसीको रहेको छ। उक्त भिडियो गितमा भुवन केसीलाई नै फिचर्ड गरिएको छ। गित मेलोडियस रहेको छ।
गित “मायालु” को रचना बिजय उदयले गरेका थिए। स्वर भुवन केसीको रहेको छ। गितमा संगित सम्भुजित बास्कोटा को रहेको छ। उक्त भिडियो गितको छायान्कन जय सिङ शाहले गरेका थिए।
भिडिओ गितलाई युटुबमा रेस्क्यु क्रियसन नामको च्यानल बाट प्रशारण गरिएको छ। च्यानलमा राखिएको जानकारी अनुशार उक्त गितलाई संगितकार सम्भुजित बास्कोटाले निर्देशन गरेका थिए। जानकारीका अनुशार उक्त गित लाई बिक्रम सम्बत २०४२ सालमा नेपाल टेलिभिजन बाट प्रशारण गरिएको थियो।
भिडिओ तल हेर्नुहोस
भिडिओ श्रोत : रेस्क्यु क्रियसन युटुब च्यानल