भारतीय पक्षले बनाएको स्तम्भ भत्काइयो

समाचार
शेयर गर्नु होला

भद्रपुर

नेपालको पूर्वीनाका काँकडभिट्टास्थित मेची पुलको छेउमै भारतीय ठेकेदारले बनाएको ‘माइल’ स्तम्भ बिहीबार बिहान भत्काइेको छ। प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको निर्देशनमा मेची पुलको प्रवेशद्वारमै बनाइेको एनएच ३२७ वी सिलगुढी ३२ र बागडुग्रा १९ लेखिएको ‘माइल’ स्तम्भ भत्काइेको हो।

मेची पुल बनाउँदै आएको ठेकेदारले सो ‘माइल’ स्तम्भ बुधबार बनाएको थाहा पाएपछि काँकडभिट्टाका बासिन्दाले आपत्ति गरेर प्रजि दाहाललाई तत्काल जानकारी गराएका थिए।

नेपाली पक्षलाई जानकारी नै नदीइ भारतीय पक्षले आफ्ना स्थानका बारेमा जानकारी दिन बनाएको सो स्तम्भको आज बिहान निरीक्षण गरी प्रजि दाहालले नियम विपरीत बनाइेको ‘माइल’ स्तम्भ भत्काउन लगाएका हुन्।

स्थानीयवासी र सशस्त्र प्रहरीको टोलीले माइल स्तम्भमा लेखिएको नम्बर र नाम मेटाएर भत्काएका छन्। रासस


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *