नया फिफा वरियतामा नेपाल यथावत्

खेलकुद
शेयर गर्नु होला

काठमाडौँ

फुटबलको सर्वोच्च निकाय अन्तर्‍ाष्ट्रिय फुटबल महासङ्घ (फिफा) वरियतामा नेपाल यथावत् रहन सफल भएको । फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत् १६१ औँ स्थानमा रहेको छ ।

अघिल्लो महीना पनि नेपाल १६१ औँ स्थानमा थियो । दक्षिण एशियाली देशमा नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा माथि भारत १०१ औँ  र माल्दिभ्स १५१ औँ स्थानमा छन् ।

नेपाल भन्दा तल रहेको भूटान १८६औँ , बङ्गलादेश १८८ औँ, पाकिस्तान २०० र श्रीलङ्का २०२ स्थानमा छन् ।

विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा छ । फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इङ्ल्याण्ड चौथो, क्रोएसिया पाँचौँ, उरुग्वे छैटौँ, पोर्चुगल सातौँ, स्विटजरल्याण्ड आठौँ, स्पेन नवौँ र डेनमार्क दर्शौँ स्थानमा रहन सफल भएका छ्न ।

फिफाले सदस्य मुलुकहरुले खेलेको अन्तर्‍ाष्ट्रिय खेलहरुका आधारमा प्रत्येक महिना वरियता सार्वजनिक गर्ने गर्दछ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *