नेपालको सर्बाधिक चर्चामा रहेको सांगितिक समुह “फ्युजन मन्त्र” को बारेमा केही जानकारी

फोटो फिचर मनोरञ्जन
शेयर गर्नु होला

  “फ्युजन मन्त्र”

आज भन्दा करिब ५ बर्ष अगाडीको कुरा हो जब केही युवा कलाकारहरुले मिलेर नेपालको सांगितिक क्षेत्रमा केही फरक गर्ने सोच बनाए र त्यहि अनुरुप आफ्नो यात्रा सुरु गरे। त्यो यात्रा थियो नेपाली संगित क्षेत्रमा नया आयामलाई भित्र्याउनु, त्यो थियो नेपाल भरीका बाजा गाजाहरुलाई एकै ठाउमा राखी नेपाल र नेपालीलाई एकजुट हुन को सन्देश दिनु। हो आज हामी कुरा गर्दैछु नेपालको सर्बाधिक चर्चित नेपाली ईन्स्ट्रुमेन्टल ब्यान्ड र जस्ले नेपाली बाजा र पस्चिमि संगितलाई एकै ठाउमा राखी नया फ्युजन बनाउन सफल् भएको सांगितिक  ब्यान्ड “फ्युजन मन्त्र”।

फोटो श्रोत : फ्युजन मन्त्र को फेसबुक

“फ्युजन मन्त्र” सांगितिक समुह आफैमा बिशिष्ट रहेको छ त्यस का पछाढी थुप्रै कारणहरु छन जसमा फ्युजन मन्त्रले पुर्बि र पश्चिमको संगितलाई एकै ठाउमा मिश्रण गरी नया आयाम दिन सफल भएको छ।  नेपालि मौलिक बाजाहरुका साथै पस्चिमि संगित र बाजालाई पनी राम्रो मेल गराई नया खालको संगित दिन सफल भएको छ फ्युजन मन्त्र।

फ्युजन मन्त्र समुहमा हाल ६ जना कलाकारहरु आबद्द रहेका छन जस्मा जगन्नाथ धोउगडा जस्ले पर्क्युसन सम्बन्धी हेर्ने गर्दछन, बिबेक लिङ्किम राई उनले ड्रम बजाउने गर्दछन। अर्का कलाकार साक्रिया मोहरा, जसले ६ स्ट्रिङ बजाउने गरदछन।

किरन बराल, एउटा कुशल बाशुरी बादक हुन जसले आफ्नो बाशुरीको कलाले धेरै चर्चा बटुलिसकेका छन। उनले आफ्नो बाशुरीको प्रयोगबाट धेरै गितहरुको फ्युजन गरेर सबैलाई धेरै मनोरन्जन गरीसकेका छन। आशिश गुबाजुले ब्यान्ड मा गित गाउने गर्दछन। नुकुल गुरुङ, एउटा भोकलिस्ट पनी हुन र उनले ४ स्ट्रिङ पनी बजाउने गर्दछन।

फोटो श्रोत : फ्युजन मन्त्र को फेसबुक

बर्तमान समयमा संगितको क्षेत्रमा थुप्रै प्रयोगहरु भयीरहेको परिपेक्षमा फ्युजन मन्त्र एउटा यस्तो सांगितिक समुह बन्न पुगेकोछ जसले नेपालको मौलिक्तालाई कायम राख्दै नेपाली संगित र पस्चिमी सङित को मिश्रण गरेर सङित को क्षेत्र मा नया क्रान्ती ल्याएकोछ जुन प्रशन्शनिय रहेको छ।

फोटो श्रोत : फ्युजन मन्त्र को फेसबुक

फ्युजन मन्त्रको यो ५ बर्षको सफल यात्रा हेर्दा सबैलाई धेरै प्रोत्साहान मिल्न सक्दछ तर फ्युजन मन्त्रले जती धेरै त्याग र मेहेनत नेपालको सांगितिक क्षेत्रलाई ठुलो उचाईमा पुगाउनका लागी गरेको छ त्यो आफैमा निकै सराहनिय रहेकोछ। आशा गरौ की आउदा दिन हरुमा पनी फ्युजन मन्त्रले आफ्नो संगितको माध्यमबाट यसरी नै नेपालको नाम बिश्वमा चिनाउनेछ। हाम्रो शुभकामना।

भिडिओ श्रोत  : फ्युजन मन्त्र को युटुब च्यानल


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *