शुक्र ग्रहको गरौ पूजा
शुक्र ग्रहहरुमा सबैभन्दा चमकिलो हुन्छ र प्रेमको प्रतीक मानिन्छ। जसको जन्म कुंडलीमा शुक्र आफ्नो दशाको कारण अशुभ फल दिरहेको छ र यसको प्रभावले बीमारिको सामना गर्नु परिरहेकोछ भने, केहि खास उपाय गर्दा बिग्रेको ग्रह सहि हुनसक्छ । जसलाई शुक्रवारको दिन गर्दा कयौ खुशिहरु पाउन सकिन्छ। शुक्र मुख्य रूपबाट हम्रो जीवनको सुख संग संबंध राखदछ। वैभव, ऐश्वर्य, सम्पदा र प्रसिध्दि, शुक्रको कृपा बाटनै मिल्दछ। यस्तोमा यो जान्न आवश्यक छ कि कुन उपायबाट शुक्रलाई प्रसन्न गर्न सकिन्छ।
यस्तो गरौ उपाय
यस ग्रहले पीड़ित हुदा शांति हेतु सेतो रंग को घोड़ा दान गर्नु पर्दछ । रंगीन वस्त्र, रेशमी कपडा, घिउ, सुगंध, चीनी, खाद्य तेल, चंदन, कपूरको दानले शुक्र ग्रहको विपरीत दशामा सुधार ल्याउन्छ। शुक्र संग सम्बन्धित रत्नको दानले पनि लाभप्रद हुन्छ।
यस वस्तुहरुको दान शुक्रवारको दिन संध्या कालमा कुनै युवतीलाइ दिनु उत्तम रहन्छ। शुक्र ग्रहले सम्बन्धित क्षेत्रमा यदि परेशानी छ भने यसका लागि शुक्रवारको दिन व्रत राख्नु पर्दछ। मिठाईहरु र खीर कौवा र गरीबलाइ दिनु पर्दछ। ब्राह्मण र गरीबहरुलाइ घिउ भात खुवाउनु पर्दछ।आफ्नो भोजनबाट एक हिस्सा निकालकर गाइलाई खिलाउ।
शुक्र संग सम्बन्धित वस्तुहरु जस्तै सुगंध, घिउ र सुगंधित तेलको प्रयोग गर्नु हुदैन। वस्त्रहरुको चुनावमा अधिक विचार न गरौ। शुक्रवारको दिन सेतो गाइलाइ आटा खुवाउनु पर्दछ । कालो कमिलाहरुलाइ चीनी खुवाउ। कुनै कान नसुन्ने व्यक्तिलाइ सेतो वस्त्र र सेतो मिष्ठान्नको दान गर्नु पर्दछ।
कुनै महत्त्वपूर्ण कार्य का लागि जदा १० वर्ष भन्दा कम आयुको कन्याको चरण स्पर्श गरेर आशीर्वाद लिनु पर्दछ। घर मा सेतो पत्थर लगाउनु पर्दछ। कुनै कन्याको विवाहमा कन्यादानको अवसर मिलेमा अवश्य स्वीकारना गर्नु पर्दछ। शुक्रवारको दिन गौ-दुग्धले स्नान गर्नु पर्दछ।
शुक्रवारको दिन माता लक्ष्मीलाई प्रसन्न गर्ने उपाय
यदि तपाई चाहनुहुन्छक कि तपाईको घरमा सधै धन वर्षा भैरहोस भने शुक्रवारको दिन यि उपाय बाट तपाई लक्ष्मीलाई प्रसन्न गर्न सक्नुहुनेछ। तंत्र शास्त्रको अनुसार केहि साधारण तर अचुक उपाय गर्दा लक्ष्मी आफ्नो भक्त माथि चाडैनै प्रसन्न हुन्छिन।
ज्योतिषको अनुसार शुक्रवारको दिन दक्षिणावर्ती शंखमा जल भरेर भगवान विष्णुलाई अभिषेक गरौ, यसले माता लक्ष्मी चाडैनै प्रसन्न हुन्छिन। साथै यस दिन धन पाउनका लागि व्यवसायको स्थानमा लक्ष्मी जी , गणेश जी र विष्णु जी लाई स्थापना गरौ।
प्रातः काम शुरु गर्नु भन्दा पहिले मातालाई एक गुलाबको फूल चढाउ र घिउको दीपक र गुलाबको सुगंध वाला धूप जलाउ। प्रत्यक दिन बेलुका पूजाको समाप्ति पश्चात तीन पटक शंख अबश्य बजाउ।