कांग्रेस सभापति देउवाविरुद्ध हस्ताक्षर अभियान निकाल्ने चेतावनी

समाचार
शेयर गर्नु होला

काठमान्डौ

कांग्रेसका असन्तुष्ट जिल्ला सभापतिहरूले महासमितिको निर्णयानुसार पार्टी अघि नबढे विशेष महाधिवेशन बोलाउन हस्ताक्षर अभियान चलाउने चेतावनी दिएका छन् । पुस पहिलो साता बसेको महासमिति बैठकले केन्द्रीय सदस्य पनि तल्लो तहबाटै निर्वाचित भएर आउनुपर्ने र समानुपातिकतर्फ एउटै व्यक्तिलाई उम्मेदवारमा नदोहोर्‍याउने सर्वसम्मत निर्णय गरेको थियो । तर, केन्द्रीय समितिको बहुमतबाट उक्त निर्णय उल्ट्याइेको भन्दै जिल्ला सभापतिहरू असन्तुष्ट छन् ।

यसअघि पनि निर्णय सच्याउन र महासमितिको भावनालाई आत्मसात् गर्न ५६ जिल्ला सभापतिले २१ फागुनमा पार्टीसमक्ष लिखित आग्रह गरेका थिए । तर, पार्टीले निर्णय नसच्याएपछि पुनः अल्मिेटम दिएको उनीहरूले बताएका छन् । कार्यकर्ताको भावना, महासमिति बैठकमा सदस्यहरूबाट व्यक्त विचारानुसार नेतृत्व अघि बढ्नुपर्ने उनीहरूको माग छ ।

२३ चैतदेखि बस्ने केन्द्रीय समिति बैठकले निर्णय नसच्याए विशेष महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संकलन गर्ने चेतावनी जिल्ला सभापतिहरूले दिएका छन् ।

सभापतिहरूको हेटौँडा भेला मुलुकका १२ स्थानमा विधान मस्यौदा समितिमार्फत जिम्मेवार साथीहरूबाट व्यक्त सुझाब, महासमिति बैठकको सर्वसम्मत निर्णयलाई समेत बेवास्ता गरिएको अवस्थामा पार्टी संगठनको बृहत्तर हितलाई ध्यानमा राखी महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संकलन अभियान सञ्चालन गरी पूर्ण विचारका लागि आग्रह गरिनेछ,’ सभापतिहरूको भेलापछि जारी विज्ञप्तिमा उल्लेख छ।

अन्यथा जिल्ला सभापतिहरूका तर्फबाट २१ फागुनमा सम्प्रेषित प्रेस विज्ञप्तिअनुरूप अगाडि बढ्न बाध्य हुने कुरा यो बैठक प्रस्ट गर्दछ ।नयापत्रिका दैनिक


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *