मुम्बैइ
‘केदारनाथ’ र ‘सिम्बा’ जस्तो फिल्मबाट बलिउडमा छलाङ मारेकी साराले हालै हट फोटोशुट गराएकी छिन् । सैफ अली खान पुत्री साराले यस्तो फोटोशुट ‘भोग इन्डिया’ म्यागजिनका लागि खिचाएकी हुन् ।
यी फोटोमा सारा अली खानले समुन्द्री किनारलाई पृष्टभूमीमा राखेर थरीथरीका पोज दिएकी छिन्
पटौदी खानदानकी यी राजकुमारी खुब आकर्षक देखिएकी छिन् ।साराले केही समयाघि मात्र ‘केदारनाथ’ फिल्मका लागि फिल्मफेयर डेब्यु अवार्ड हात पारिन् ।
सैफ अली र अमृता सिंहकी छोरी साराले भर्खरै किशोरवय पार गरेकी हुन् । अहिले उनी २३ बर्षकी भैन्ई । पाँच फिट चार इन्च अग्ली सारा चुलबुले छिन् । यद्यपी करियरप्रति उत्तिकै सचेत पनि ।यो फोटोसुटलाई लिएर उनलाई सामाजिक संजालमा ट्रोल पनि गरिएको छ । उनका बोल्ड फोटोका कारण सामाजिक संजालमा उनलाई ‘दोस्री दिशा पाटनी’ पनि भनिएको छ । साराले आफैं इन्स्टाग्राममा केही फोटोहरु शेयर गरेकी हुन ।
पछिल्लो समय सारा अली खान र जान्ह्वी कपूरलाई एकार्काको प्रतिस्पर्धीको रुपमा हेर्ने गरिएको छ । यद्यपी उनीहरु आपसमा मिल्ने साथी हुन् । फिल्ममा आउनु अघि दुबै कहिले वर्काऔटमा त कहिले कहाँ एकसाथ देखापर्थे ।