श्री शनिदेवको पूजा कसले , किन र कहिले गर्ने !

धर्म दर्शन फोटो फिचर
शेयर गर्नु होला

जानौ शनिदेवको बारेमा

यो विशेष जानकारी, कहिले शनि देवको शरणमा जाने र कसरि उनको पूजा गर्ने…. 

१. शुद्ध स्नान गरेर पुरुष पूजा गर्न सक्छन।

२. महिलाले शनि मंदिरमा जानु हुदैन र स्पर्श गर्नु हुदैन ।

३. यदि तपाईको राशि मा शनि आ ईरहेको छ भने शनिको अवश्य पूजा गरौ।

४. यदि तपाई साढ़ेसाती बाट ग्रस्त हुनुहुन्छ भने शनिदेवको पूजा गरौ।

५. यदि तपाईको राशिमा अढैया दशा चलिरकेओ छ न्हने शनि देवको आराधना गरौ।

६. यदि तपाई शनि दृष्टि बाट त्रस्त एवं पीड़ित हुनुभएको छ भने शनिदेवको अर्चना गरौ।

७. यदि तपाई कारखाना, फलाम संग संबद्ध उद्योग, ट्रेवल, ट्रक, ट्रांसपोर्ट, तेल, पे‍ट्रोलियम, मेडिकल, प्रेस, कोर्ट संग संबंधित हुनुहुन्छ भने तपाईले शनिदेवलाई मनाउनु पर्छ।

८. यदि तपाई कुनै पनि कामको थलनि गर्न लाग्नु भएको छ भने शनि देवको कृपाका लागि उनको प्रार्थना गरौ।

९. यदि तपाईको पेशा वाणिज्य, कारोबार छ र उसमा क्षति, घाटा, परेशानि आईरकेओ छ भने शनिको पूजा गरौ।

१०. अगर तपाई असाध्य रोग कैंसर, एड्स, कुष्ठरोग, किडनी, लकवा, साइटिका, हृदयरोग, मधुमेह जस्तो रोग बाट त्रस्त तथा पीड़ित भएमा तपाई श्री शनिदेवको पूजन-अभिषेक अवश्य गरौ।

११. शनि देवको दर्शन गर्दा टाउको बाट टोपी आदि निकालेर मात्र दर्शन गरौ।

१२. यदि घर मा प्रसूति सूतक या रजोदर्शन भएमा दर्शन नगरौ।

शनि ग्रह को पिडा बाट बचन तल दियेको पाच मन्त्र को जाप गर्दा शनि को पिडा कम हुन्छ र शनि देब प्रसन्न हुन्छन्।

शनि पुजा गर्दा यो पाच मन्त्र को १०८ पटक जाप गर्दा शुभ हुन्छ।

पहिलो – शनि बीज मंत्र ऊं प्राँ प्रीं प्रौं सः शनैश्चराय नमः।

दोस्रो – विनियोग मंत्र शन्नो देवीति मंत्रस्य सिन्धुद्वीप ऋषि: गायत्री छंद:, आपो देवता, शनि प्रीत्यर्थे जपे विनियोग

तेस्रो – शनि गायत्री मंत्र ॐ कृष्णांगाय विद्य्महे रविपुत्राय धीमहि तन्न: सौरि: प्रचोदयात।

चौथो – शनि वेद मंत्र ॐ प्राँ प्रीँ प्रौँ स: भूर्भुव: स्व: ॐ शन्नो देवीरभिष्टय आपो भवन्तु पीतये शंय्योरभिस्त्रवन्तु न:। ओम स्व: भुव: भू: प्रौं प्रीं प्रां ॐ शनिश्चराय नम:।

पाचौ – जप मंत्र ऊं प्रां प्रीं प्रौं स: शनिश्चराय नम:।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *