शास्त्र अनुसार शनिबारका दिन गर्नु हुँदैन यी काम

धर्म दर्शन
शेयर गर्नु होला

काठमाडौँ 

शनिबारलाई धार्मिक दिन मानिन्छ । शनिबार गरेका धार्मिक कार्यको फल तत्काल मिल्ने मानिन्छ । तर शनिबार केही काम गर्न भने निषेध गरिएको छ । यहाँ शनिबार गर्न नहुने भनेर उल्लेख ५ कुराको चर्चा गरिएको छ

कपाल नुहाउनु हूँदैन

शास्त्र शनिबार कपाल नुहाउन नहुने उल्लेख छ । खासगरी महिलाहरुले शनिबार कपाल नुहाउनु अशुभ मानिन्छ । महिलाको जन्मकुण्डलीमा वृहस्पति पतिको रुपमा रहने हुँदा यो दिन कपाल नुहाउनु नराम्रो मानिन्छ । शनिबार कपाल नुहाउँदा पति र सन्तानलाई अशुभ हुने शास्त्रमा उल्लेख छ।

रौं काट्नु हुँदैन

शनिबारको दिन कपाल वा दारी काट्नु अशुभ मानिएको छ । वृहस्पतिलाई जीवन अर्थात जीवन भनिएको छ। विहीबार रौं काट्दा गुरु ग्रह कमजोर हुने भनिन्छ । यसो गर्दा शिरमा असर गर्ने र उमेर समेत कम हुने शास्त्रमा उल्लेख छ।

दारी काट्ने वा नङ काट्ने

शनिबार नङ काट्नु र दारी काट्नु अशुभ मानिन्छ । यस्ता कार्य विहीबार गर्दा जागिरमा समस्या हुने र पदोनन्ती हुनुको साटो घटुवा हुने समेत सम्भावना हुने शास्त्रमा उल्लेख छ । विहीबार कपाल धुने, कपडा सफा गर्ने, दारी काट्ने, रौ काट्ने, फेशियल, नङ काट्ने काम कहिले पनि नगर्नुस् । त्यस्तै घरको सरसफाइ माकुराको जालो हटाउने काम पनि विहीबार नगर्नु नै उत्तम हुन्छ।

भारी कपडा धुनु र फोहोर हुँदैन

शनिबारको दिन भारी कपडा धुनु राम्रो मानिँदैन । शनिबार को दिन ठूला ठूला कपडा धुँदा अशुभ हुने मानिन्छ । शनिबार घरमा भएको फोहोर बाहिर फाल्नु पनि नराम्रो मानिन्छ । शनिबारमा घरमा भएको फोहोर बाहिर फाल्दा अशुभ हुने मानिन्छ । घरको सरसफाइ सकेसम्म शनिबार नगर्नु नै राम्रो हुन्छ।

लक्ष्मीको मात्र पुजा

शनिबारको दिन लक्ष्मी नारायणको दिन मानिन्छ । यस दिन पुजा गर्दा लक्ष्मीको मात्र गर्नु हुँदैन । पुजा गर्दा लक्ष्मी नारायणको पुजासँगै गर्नु राम्रो हुन्छ । यसले पति पत्निबीचको सम्बन्ध पनि राम्रो हुने शास्त्रमा उल्लेख छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *