यू-१९ विश्वकप छनौट खेल्ने नेपाली टिमको बिदाई

खेलकुद
शेयर गर्नु होला

काठमाडौं 

यू-१९ विश्वकपका लागि छनोट हुन लक्ष्यका साथ नेपाली युवा टोली शनिबार मलेसिया प्रस्थान गरेको छ । आगामी अप्रिल १० देखि २० सम्म मलेसियामा हुने अन्डर १९ विश्वकप छनौटको एशिया क्वालिफायर खेल्न जान लागेको नेपाली टिमलाई बिदाई गरिएको हो।

मलेसियामा नेपाली यू-१९ टिमले अन्डर १९ विश्वकप छनौटको एशिया क्वालिफायर प्रतियोगिता अन्तर्गत आगामी अप्रिल १२ मा सिंगापुरसँग पहिलो खेल खेल्दै छ । त्यस्तै दोस्रो खेल अप्रिल १३ मा युएईविरुद्ध खेल्ने छ ।

त्यस्तै अप्रिल १५ मा तेस्रो खेल आयोजक मलेसियासँग खेल्ने छ भने अप्रिल १६ मा चौथो खेल ओमानसँग खेल्ने छ । छनौट खेलको अन्तिम तथा पाँचौ खेल अप्रिल १८ मा कुवेतविरुद्ध खेल्ने छ।

छनौट प्रतियोगिताको विजयी टिम एशिया क्षेत्रबाट विश्वकपका लागि छनौट हुने छ । मलेसियामा हुने यू-१९ विश्वकप छनौट खेलका लागि रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय टिम छानिएको छ ।

यू-१९ टिममा रोहितकुमार पौडेल (कप्तान) , मोहमद आसिफ शेख, पवन सराफ, सन्दीप जोरा, भिम सार्की, रित गौतम, कमल सिंह ऐरी, रसिद खान, सागर ढकाल, अभिषेक बस्नेत, कुशल मल्ल, हरि बहादुर चौहान, प्रतिष जिसी र सुर्य तामाङ रहेका छन् ।

त्यस्तै रिजर्भ खेलाडीमा आकास चन्द, लोकेश बहादुर बम, रवि कुमार शाह र शेर मल्ल रहेका छन्। त्यस्तै टिमको प्रमुख कोचमा बिनोद कुमार दास रहेका छन् भने बिक्रम न्यौपाने फिजियो तथा टिम म्यानेजर तथा एनालिष्ट रमन शिवाकोटी रहेका छन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *