आईतबार सुर्य भगवानको दिन
आईतवार भगवान सूर्यको दिन हो। यस दिन भगवान भुवन भास्करको आराधना गर्दछन। आईतवारको दिन सूर्य व्रत राख्ने वाले व्यक्ति पुरै दिन घिउ, तेल र नुनको सेवन गर्दैनन। यस दिन रातो रंगको वस्त्र धारण गर्दा सूर्य देव प्रसन्न हुन्छन। पूजामा लाल चंदनको टीका लगायर सूर्य देवलाई रातो फूल चडाउदा अत्यंत लाभ हुन्छ।
सूर्य देव को आराधना कसरि गर्ने :-
आईतवारको दिन नवग्रह मंदिर गएर सूर्यदेव लाइ चंदन को लेप लगाउ । धुप -दीप जलाउ । सूर्य देव लाइ जल ले स्नान गरौ । कुमकुमले टीका लगाउ। त्यस पश्चात् चावल , मीठाई र पुष्प अर्पित गरौ |
अब सूर्य देव को समक्ष बसेर सूर्य देव को यो मंत्र को जप गरौ :-
ऊँ खखोल्काय शान्ताय करणत्रयहेतवे।
निवेदयामि चात्मानं नमस्ते ज्ञानरूपिणे।।
त्वमेव ब्रह्म परममापो ज्योती रसोमृत्तम्।
भूर्भुव: स्वस्त्वमोङ्कार: सर्वो रुद्र: सनातन:।।
सूर्य देव लाइ जल अर्पित गर्ने विधि :-
सूर्य देव एकमात्र यस्तो देव हुनुहुन्छ जसलाइ हामि प्रत्यक्ष देखन सक्छौ । त्यसैल्ये सूर्य देवको आराधना घरमा पूजा स्थलमा गर्नु भन्दा घर बहिर खुला ठाउमा सूर्य देवको समक्ष पुजा गर्दा ज्यादा फलदायी हुन्छ।
सूर्यदेव आराधनामा सूर्यदेवलाइ जल अर्पित गर्नु सब भन्दा महत्व रहन्छ। यसलाइ हामि सूर्य लाइ अर्ध्य दिनु भन्छौ। सूर्यदेव लाइ अर्ध्य दिन बिहानै सूर्योदय भन्दा पूर्व उथेर स्नान गरौ र सूर्य उदयहुने बितिकै पूर्व दिशा तिर मुख गरेरा उभियौ |
एक तामाको पात्रमा जल भरेर अलिकता चावल ,अलिकता चीनी , पुष्प राखौ र कुमकुम जलमा छर्कौ। अब सूर्य देवको अगाडि उभिएर ताम्बाको पात्र द्वारा दुइटै हाथले जल जमीनमा छोडौ |
ध्यान् दिऔ, ताम्बा पात्रलाइ आफ्नो छातिको सामुने र सूर्य देवलाइ जल अर्पित गर्दै पात्रलाइ कन्धा बाट माथि लग्ने प्रयास गरौ। पात्र बाट तल बग्ने जलधारामा सूर्यको प्रतिबिम्बलाइ हेर्ने प्रयास गरौ।
सूर्य देवलाई अर्ध्य दिने समय निरंतर सूर्यदेव को योमंत्र को जप गर्दै रहौ : “ ॐ सूर्याय नमः ” | सूर्य देवलाइ अर्ध्य दिए पश्चात् तल झुकेर जललाइ स्पर्श गरौ र अंतमा सीधा उभिएर हात जोड़कर सूर्यदेव लाई प्रणाम गरौ ।
दुर्गाको पनि पूजा
आईतवारमा सूर्यदेवको साथै माता दुर्गाको पनि दिन मानिन्छ।यस दिन माता दुर्गाको मंत्र ‘ॐ श्री दुर्गाय नमः’ को जाप गर्दा धेरै लाभ हुन्छ र तपाईको जीवनको सभै दुखको अंत हुन्छ।
यसै प्रकारले ‘ॐ सुर्याय नमः’ को जाप गर्दा पनि जीवनमा ऊर्जा शक्ति बनि रहन्छ । आईतबरको दिन व्रत राख्ने व्यक्तिले आफ्नो साथ साथै आफ्नो आसपासको ठाउको पनि सर- सफाई राख्नु पर्दछ।
जसलाई त्वचा संग संबंधित कुनै रोग छ उनका लागि आईतवारको व्रत राख्नु लाभकारी हुन्छ । यस दिन दान पुण्य पनि गर्नु पर्दछ।