अजय देबगण र तब्बु धेरै पछी फेरि एक साथ चलचित्र “देदे प्यार दे” मा, ट्रेलर सार्बजनिक [भिडियो]

फोटो फिचर मनोरञ्जन
शेयर गर्नु होला

“देदे प्यार दे”

केही दिन अघी मात्र नया बलिवुड चलचित्र “देदे प्यार दे” को ट्रेलर सार्बजनिक गरिएको थियो। टी सिरिजको प्रस्तुती र निर्देशक अकिब अलीले निर्देशन गरेको चलचित्र “देदे प्यार दे” एउटा कमेडी र प्रेम कथामा आधारित चलचित्र रहेको छ।

चलचित्रको ट्रेलर हेरेर कथा बस्तु अनुमान लगाउन सकिन्छ। उक्त चलचित्रमा बलिवुडका सर्बाधिक मनपराईेका अभिनेता अजय देबगणले लिड भुनिका गरेका छन।  यस चलचित्रमा पाको उमेर भएको मानिष संग कम उमेरकी केटीको प्रेम कथा लाई चित्रण गरेर बनाईेको छ।

चलचित्रको छायान्कन धेरै नै राम्रो गरिएको छ पिक्चर्सको क्वालिटी पनी धेरै नै राम्रो छ। चलचित्रका मुख्य कलाकार अजय देबगण, तब्बु र राकुल प्रित सिङको भुमिका राम्रो रहेको छ।

चलचित्रमा कलाकारहरुको कुरा गर्दा यसमा अजय देबगण, तब्बु, राकुल प्रित सिङ, आलोक नाथ, जाभेद जाफ्री र अन्य थुप्रै कलाकार हरुको अभिनय रहेको छ। चलचित्रको टेक्निकल पक्षको कुरा गर्दा यस चलचित्रको निर्देशन अकिब अलीको रहेको छ। चलचित्र मे १७ मा रिलिज हुदैछ।

ट्रेलर तल हेर्नुहोस


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *