लगनखेलदेखि सातदोबाटोसम्मको सडक विस्तारको अघि बढेन

समाचार
शेयर गर्नु होला

काठमाडौँ

ललितपुरको सबैभन्दा व्यस्त लगनखेलदेखि सातदोबाटोसम्मको सडक विस्तारको काम अघि बढ्न सकेको छैन। स्थानीयवासीले घर र जग्गाको मुआब्जा माग गरेपछि सडकमा २० प्रतिशतभन्दा काम हुन नसकेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ।

सर्वाेच्च अदालतको अन्तरिम आदेशका कारण सडक निर्माणाघि बढ्न नसकेको हो । अदालतको अर्को आदेश नाऔँदासम्म काम ठप्प नै भैरहने आयोजनाका इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताए।

उनले भने, “ललितपुरका अरु चार ठाउँका सडकजस्तै यस ठाउँको सडक मुआब्जा विवादले गर्दा अघि बढ्न सकेको छैन।” उपत्यकामा विस्तारका क्रममा रहेका अन्यत्रका सडकमा जस्तै उक्त सडकमा स्थानीयवासीले घर र जग्गा दुवैको क्षतिपूर्ति माग गर्दै आएको आयोजनाले जनाएको छ।

पटकपटक अनुरोध गर्दासमेत सम्बन्धित निकायले भएका संरचना हटाउन चासो नदिएको इञ्जिनीयर श्रेष्ठले बताए। विद्युत्को पोललगायतका संरचना हटाउन नसकिएको उनले बताए।

त्यस्तै, स्थानीयवासीले लगनखेलस्थित वटुकभैरव मन्दिरको पर्खाल भत्काउन मानेका छैनन्। उनले भने, “सडक सम्पन्न हुनुपर्ने अवधि सकिएर थप भएको अवधिमा समेत काम ठप्प छ।” उक्त सडकको निर्माण विसं २०७३ जेठमा शुरु भएको थियो ।

पहिलोपटकको ठेक्का सम्झौताअनुसार विसं २०७४ असोजमा म्याद सकिएपछि आयोजनाले एक वर्ष थपेको थियो। अहिले थपिएको अवधिमा काम अघि नबढेको उनले बताए।

ललितपुरमा पाँच सडकमा विस्तारको काम मुआब्जाकै कारण ठप्प छ। उपत्यकाभित्र काठमाडौँमा पाँच र भक्तपुरको एक सडकमा विस्तारको काम शुरु भएको थियो। रासस(फाईल फोटो)


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *