सोमबारदेखि मौसममा क्रमिक सुधार हुदै जाने

समाचार
शेयर गर्नु होला

काठमाडौँ

पश्चिमी वायु र स्थानीय वायुको प्रभावले केही दिनदेखि प्रभावित मौसम सोमबारदेखि क्रमिक रुपमा सुधार हुदै जाने जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । उक्त वायुको प्रभावले आज देशभरि नै अंशिकदेखि सामान्य बदली रही देशका पूर्वी तथा मध्य भू–भागका एक दुई स्थानमा हावाहुरी र मेघ गर्जनसहित वर्षा हुने वरिष्ठ मौसमविद् वरुण पौडेलले बताउनुभयो ।

उहाँका अनुसार सोमबार पश्चिमी क्षेत्रबाट क्रमिक सुधार हुदै जाने छ । मध्य र पूर्वी क्षेत्रको मौसम भने एक/दुई दिन प्रभावित नै हुने मौसमविद् पौडेलले बताउनुभयो । काठमाडौँ उपत्यकामा भोलिबाट मौसम सुधारहुदै जाने बताइेको छ ।

पश्चिमी क्षेत्रमा पश्चिमी वायु, पूर्वी क्षेत्रमा बनेको न्यूनचापीय रेखा, बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको समिश्रणको प्रभावले देशैभरको मौसम प्रभावित भएको महाशाखाले जनाएको छ ।

राति देशभरी नै अंशिकदेखि सामान्य बदली रही पश्चिमी भू–भागका एक– दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ । भोलि देशका पूर्वी भू–भागमा अंसिकदेखि पूर्ण बदली रही पश्चिमी पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावन रहेको बताइेको छ ।

मङ्गलबार देशको पूर्वी र मध्य भू–भागमा अंसिकदेखि सामान्य बदली रही पूर्वी तराईका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम १३ दशमलव शून्य डिग्री र अधिकमत तापक्रम १७ दशमलव ८ डिग्री सेल्सियस रहेको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *