जकार्ता
इन्डोनेसियाको नुसा टेङारा प्रान्तलाई केन्द्रविन्दु बनाई आईतबार ६.१ म्याग्निच्यूडको भूकम्प गएको छ ।
इन्डोनेसियाली भूगर्भ केन्द्रका अनुसार भूकम्पको केन्द्र समुद्र सतहबाट करिब ५७३ किलोमिटर गहिरो भागमा रहेको थियो । भूकम्पबाट सुनामीको खतरा नरहेको केन्द्रका अब्दुल रोसिदले बताउनुभयो ।
केन्द्रका जमिनको सतहबाट निकै तल्लो भागमा भूकम्पको केन्द्र रहेकाले भूकम्पको धक्का कमजोर महसुस गरिएको पनि उहाँले जानकारी दिनुभयो । इन्डोनेसिया भूकम्पका कारण निकै जोखिममा रहेको मानिन्छ । रासस-सिन्ह्वा