सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउनु गम्भीर भूल : माेहन वैद्य

समाचार
शेयर गर्नु होला

काठमान्डौ

नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले नेत्र विक्रम चन्द नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउनु सरकारकाे गम्भीर भूल भएकाे बताएका छन् । उनले चन्द नेतृत्वको पार्टीलाई प्रतिबन्ध लगाउने केपी ओली, पुष्पकमल दाहालहरु कम्युनिष्ट हुनै नसक्ने तर्क गरे ।

अैतबार देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको प्रथम राष्ट्रिय सम्मेलनलाई काठमाडौंमा उद्घाटन गर्दै वैद्यले वर्तमान सरकारले देशी विदेशी प्रतिक्रियावादीहरुको संरक्षण गरिरहेको आरोप लगाए ।

उनले वर्तमान सरकारले देशीविदेशी प्रतिक्रियावादीहरुको संरक्षण गरिरहेको आरोप पनि लगाए । कम्युनिष्टको नाममा प्रतिक्रियावादीहरुको संरक्षण गरिरहेको वर्तमान सरकारविरुद्ध अर्को जनवादी क्रान्ति गर्नुको विकल्प नरहेको महासचिव बैद्यको भनाइ छ ।

महासचिव वैद्यले वर्तमान सरकारले शोषित पीडित जनताको प्रतिनिधित्व गर्नै नसक्ने दावी पनि गरे ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *