काठमाडौं
भारतमा जारी इण्डियन प्रीमियर लीग (आइपीएल)को आईतबारको पहिलो खेलमा दिल्ली क्यापिटल्सले विराट कोहलीको नेतृत्वमा रहेको रोयल च्यालेन्जर्स बेंगलुरुविरुद्ध ४ विकेटको जित हात पारेको छ ।
बेंगलुरीको चिन्ना स्वामी मैदानमा १५० रनको लक्ष्य पाएको दिल्लीले १८ ओभर ५ बलमा १५२ रन बनाउँदै बेंगलुरुलाई जारी प्रतियोगितामा छैटो हार व्यहोर्न बाध्य बनायो । ६ खेलमा दिल्लीको यो तेस्रो जित हो ।
दिल्लीका लागि पहिला बलिंगबाड कागिसो राबाडाले कातिल बलिंग गरे । कप्तान श्रेयस एय्यरले सुझबुझ पूर्ण ब्याटिंग गरे । उनले ५० बलमा ६७ रनको कप्तानी इनिंग्स खेले । जितपछि दिल्ली अंकतालिकाको पाँचौ नम्बरमा उक्लिएको छ भने बेंगलुरुले जितको खाता खोल्न सकेको छैन ।
६ खेलमा लगातार पराजित भएको बेंगलुरु प्लेअफमा पुग्ने सम्भावना अब लगभग समाप्त भएको छ ।यसअघि टस हारेर पहिला ब्याटिंग गरेको बेंगलुरुले ८ विकेटमा १४९ रन बनाएको थियो ।
दिल्लीका लागि स्टार स्पीनर सन्दीपले १५ औं ओभरमा सफलता दिलाए। उनले मोइन अलीलाई विकेट किपर ऋषभ पन्तको हातबाट स्टम्पिङ गराए । सन्दीपको यो विकेट एक महत्वपूर्ण सफलताको तथ्यांकसमेत बन्यो । सन्दीपले टी ट्वान्टी खेलका ४० खेलमा ५० विकेट हात पारेका छन् । उनले ५० औं शिकार अलीलाई गरेका हुन् ।