सरकारी अस्पताल ठप्प, सरकार मौन ,बिरामिको बिचल्लि

समाचार
शेयर गर्नु होला

काठमान्डौ

कर्मचारी समायोजनको विरोधमा चिकित्सकले गरेको आन्दोलनका कारण सरकारी अस्पतालका आपत्कालीनबाहेक सबै सेवा बन्द छन् । अस्पतालको ओपिडी मात्र होइन, महिनौँअघि तय भएका अप्रेसन पनि रोकिएका छन् ।

कर्मचारी समायोजनका क्रममा सरकारले डाक्टरलाई संघ, प्रदेश र स्थानीय तहमा खटाएको छ । तर, प्रदेश र स्थानीय तहको दरबन्दीमा जान डाक्टरहरूले अस्वीकार गरेका छन् । संघीय सरकारान्तर्गत नै राखेर आफूहरूलाई प्रदेश र स्थानीय तहमा परिचालन गर्नुपर्ने माग राखेर शुक्रबारदेखि डाक्टर आन्दोलनमा छन् ।

विभेदकारी ढंगले समायोजन गरिएको भन्दै सरकारी चिकित्सक संघ (गोदान) ले शुक्रबारबाट ओपिडी सेवासहित आपत्कालीनबाहेकका अप्रेसन बन्द गरेका हुन् । राजधानीका सरकारी अस्पतालमा दैनिक एक सय नौभन्दा बढी अप्रेसन रोकिएको अस्पतालहरूले बताएका छन्।

राष्ट्रिय ट्रमा सेन्टरमा मेजर र माइनर गरी दैनिक ३५ अप्रेसन हुँदै आएका छन् । वीर अस्पतालमा युरोलोजी, न्युरो, माइनर गरेर ५५ र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा सातजनाको पूर्वयोजनाअनुसार अप्रेसन हुँदै आएको छ ।

आन्दोलनका कारण यी सबै अप्रेसन रोकिएका छन् । कान्ति बाल अस्पतालमा भने शुक्रबार तय गरिएका सबै अप्रेसन भएका छन् । अब गर्ने अप्रेसन सर्न सक्ने निर्देशक डा. गणेश राईले बताए ।

कान्तिमा दैनिक १२ जनाको सामान्य अप्रेसन हुँदै आएको छ । ‘ती अप्रेसन प्रभावित भए अर्को समय लिन कम्तीमा तीन महिनादेखि एक वर्षसम्म कुर्नुपर्छ,’ निर्देशक राईले भने ।

सरकारी चिकित्सक संघ (गोदान) का अध्यक्ष डा. दीपेन्द्र पाण्डेका अनुसार सेवा नियमित भएपछि रोकिएका अप्रेसनलाई पहिलो प्राथमिकता दीनेछ । तर, एक दिन सेवा प्रभावित हुँदा माइनर अप्रेसनको समय कम्तीमा तीन महिना पछाडि सरेको छ ।नयापत्रिका दैनिक


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *