धरानमा बस दुर्घटना, ४ जनाको मृत्यु

समाचार
शेयर गर्नु होला

धरान

धरान १३ स्थित जिरोपोइन्टमा साेमबार ना ६ ख २७१३ नम्वरको यात्रुवहाक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा ३० जना घाइते भएका छन् । मृत्यु हुनेमा धरान ४ का चलक चक्रबहादुर गुरुङ रहेका छन् ।

अन्यको भने पहिचान खुल्न सकेको छैन् । जसमा एक बच्चा, एक जना महिला र एक वृद्ध रहेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्थायी प्रहरी पोष्टले जनाएको छ ।

दुर्घटनामा घाइते भएका ३० जनाको आकास्मिक कक्षमा उपचार भैरहेको प्रहरी नायब निरीक्षक दुर्गा पराजुलीले जानकारी दिए । घाइते मध्ये एक बालक र ४ जनाको अवस्था गम्भीर रहेको चिकित्सकले जनाएका छन् ।

धनकुटाको चौबिसे गाउँपालिका ६ बुधबारेबाट धरान आउदै गरेको बस दुर्घटना भएको हो । बसको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको अनुमान रहेको छ ।

घाइतेहरु ६ नम्बर बुधबारे, साम्मेवा, राजारानी, ओख्रे, शुक्रबारे क्षेत्रका स्थानीय रहेको प्रहरीले जनाएको छ ।फोटो – केशव लिम्बु फेसबुक


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *