सलमान खानले सन्नी लियोनीलाई नकारे पछि……

मनोरञ्जन
शेयर गर्नु होला

एजेन्सि

बलिउड नायक सलमान खान स्टारर चलचित्र ‘दंबग ३’को अहिले धमाधम छायांकन भैरहेको छ । चलचित्रमा एक आईटम नम्बर पनि समावेश गरिने छ । उक्त गीतमा आईटम नाच्नका लागि निर्माण युनिटले सन्नी लियोनीलाई छनोट गरेको थियो । तर, सलमानले सन्नीलाई नकारेका छन्।

सलमानले सन्नीले भन्दा राम्रो मोनि रोयले गर्ने भन्दै मोनिलाई आफ्नो प्रोजेक्टमा लिन सुझाएका छन् । माउनी रोयले यस अघि चलचित्र ‘केजिएफ’को ‘गली गली’ बोलको गीतमा आईटम प्रस्तुत गरेकी थीईन् ।

निर्देशक प्रभु देवा र निर्माता अरबाज खानले सलमानलाई नसोधी सन्नी लियोनीलाई लिने निर्णय गरेका थिए । तर, सलमानको उक्त सल्लाह पछि उनीहरु सन्नीलाई नलिएर मोनिलाई लिने पक्षमा पुगेका छन् । चलचित्रमा समावेश उक्त स्पेसल नम्बरको छायांकन छिट्टै गरिने निर्माण युनिटले बताएको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *