काठमाडौं
शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘ए मेरो हजुर ३’ को चौथो गीत सार्वजनिक भएको छ । निर्माणपक्षले चलचित्र रिलिज हुने दिनभन्दा केही दिन अगाडि मात्र यसको शिर्ष गीतको अडियो सार्वजनिक गरेको छ ।
यो गीतमा प्रताप दासको आवाज, रवि मल्लको शब्द तथा कल्याण सिंहको संगीत छ । चलचित्रको यो गीतले पनि दर्शकलाई हलसम्म तान्ने विश्वास गर्न सकिन्छ ।
झरना थापाले निर्देशन गरेको यो चलचित्रलाई सुनिलकुमार थापाले निर्माण गरेका हुन् । चलचित्रमा नायक अनमोल केसी, नायिका सुहाना थापा, कलाकार सलोन बस्नेत, रेअर राई लगायतको मुख्य भूमिका छ ।