मंगलबार संकट मोचक हनुमान जि को यस बिधि र मन्त्रले गरौ पुजा

धर्म दर्शन फोटो फिचर
शेयर गर्नु होला

हनुमानको अर्थ

हनुमानजीलाइ संकटमोचन भनिन्छ। ‘हनुमान’ शब्दको ह ब्रह्माको , नु अर्चनाको , मा लक्ष्मी को र न पराक्रम को प्रतीक हो। यसको अर्थ यो हो कि उनको हर अक्षर आफुमा विशेष छ। सप्‍ताहमा मंगलवारको दिन हनुमान जी को पूजा का लागि निमित्‍त गरिएको छ।

हनुमान जी को भक्ति गर्दा उनको कृपा द्वारा मनुष्य लाई शक्ति र समर्पण प्राप्त हुन्छ। बजरंगबली को भक्तिले राम्रो भाग्य र विद्या पनि प्राप्त हुन्छ। शास्‍त्र अनुसार हनुमान जी लाई भगवान शिवको गयारौ अवतार मानिएको छ।

हनुमान जी को आराधना गर्दा हरेक पाप र हरेक कष्‍ट बाट मुक्‍ति मिल्छ। हनुमान जी भूत-प्रेत बाट पनि आफ्नो भक्‍तहरु लाई बचाउनुहुन्छ । जस घरमा हनुमान जी को कृपा हुन्छ वहां त्यहा कुनै पनि दुख, क्‍लेश नजिक आउन पाउदैन ।

मंगलवारको दिन गरौ पवनपुत्रको पूजा

ज्योतिष शास्त्रको अनुसार यसतो मान्‍यता छ कि मंगलवारको व्रत गरेमा गर्ने ब्यक्तिको कुंडलीमा मंगल ग्रह निर्बल भएमा यस बाट हुने कष्‍ट दूर हुन्छ र शुभ फलको प्राप्ति हुन्छ। यस दिन हनुमान जी को पूजा र व्रत गर्नाले हनुमान जी को असीम कृपा मिल्छ।

यसको अतिरिक्‍त मंगलवारको व्रत सम्मान, बल, साहस र पुरुषार्थमा पनि वृद्धि गर्दछ। सुयोग्‍य संतान प्राप्तिका लागि पनि यो व्रत धेरै लाभकारी मानिन्छ। साथै यस व्रतको फलस्वरूप पापहरु बाट मुक्ति मिल्छ र भय, भूत-प्रेतको बाधा र, सभुभ शक्तिहरुको दुष्प्रभाव बाट बच्नका लागि पनि यो व्रत गर्ने सलाह दीइन्छ।

पूजा बिधि

मंगलवारको व्रतका लागि बिहान स्‍नान गरेर ईशान कोण यानि उत्तर-पूर्व दिशामा कुनै स्‍वच्‍छ स्थानमा हनुमान जी को मूर्ति स्थापित गरौ। यस मूर्तिको अघि घीउको दीपक जलाउ, चमेलीको तेल लाई चर्किउ र रातो या पहेलो रंगको फूलको माला चढाउ।

त्यस पछि हनुमान चालीसाको पाठ गरेर सभैलाई प्रसाद बाटौ र पुरै दिनमा मात्र एक पटक भोजन गरौ। रातमा पनि एक पटक फेरि हनुमान जी को पूजा गरौ या दीपक जलाएर प्रणाम गरौ। यस दिन हुनुमान जि लाई सिंदूरी रंगको कपडा चढाउ र दान गरौ।

महाबली हनुमानको संकटहारी मंत्र

पहिलो मंत्र- ॐ तेजसे नम:

दोस्रो मंत्र- ॐ प्रसन्नात्मने नम:

तेस्रो मंत्र- ॐ शूराय नम:

चौथो मंत्र- ॐ शान्ताय नम:

पाचौ मंत्र- ॐ मारुतात्मजाय नमः

छैटौ मंत्र- ऊं हं हनुमते नम:


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *