काठमान्डौ
सर्वोच्च अदालतले एनसेल खरिद बिक्री प्रकरणको लाभकर ३ महिनाभित्र असुल गर्न निर्देशनात्मक फैसला गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणासहित पाँच न्यायाधीशको बृहत् पूर्ण इजलाशले कर असुली गर्न गत माघ २३ मा गरेको परमादेशको पूर्ण पाठ आज सार्वजनिक गरेको हो ।
सर्वोच्च अदालतले एनसेल बिक्रीमा पूँजीगत लाभकर यसको पुरानो स्वामित्व भएको टेलियासोनेराबाट नभैइ उसबाट कम्पनी किनेको एक्जियटाबाट असुल्न परमादेश दिएको छ।
लाभकरको दायित्व निर्वाह नगरेसम्म एनसेललाई लाभांश वितरण र शेयर बिक्रीको अनुमति नदिन पनि सर्वोच्चले आदेश दिएको छ । ‘करको दायित्व निर्वाह नगरेसम्म कसैलाई पनि लाभांश वितरण र शेयर बिक्रीको अनुमति नदिनु नदिलाउनु भनी विपक्षीहरुका नाउँमा परमादेशको आदेश जारी हुने ठहर्छ ।’ सर्वोच्चको आदेशमा उल्लेख छ ।
ठूला करदाता कार्यालयले सर्वोच्च अदालतलाई बुझाएको पत्रमा एनसेलबाट जम्मा ६० अर्ब ७१ करोड २४ लाख ९६ हजार ९७ रुपैयाँ लाभकर असुल गर्नुपर्ने उल्लेख गरेको छ ।