अपहरणको आरोपमा चार जना पक्राउ

समाचार
शेयर गर्नु होला

भक्तपुर

महानगरीय प्रहरी वृत्त थिमिले अपहृत एक युवकको सकुशल उद्धार गरी अपहरणमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–७ बागेश्वरीका २३ वर्षीय विकास लामा, काठमाडौँ महानगरपालिका–६ बौद्ध, चाबहिलका २९ वर्षीय रमेश लामा, कपन चुनिखेलका ३२ वर्षीय धनलाल श्रेष्ठ र झापा बुधबारे–३ घर भैइ हाल कामपा–१५ डल्लु बस्ने ३३ वर्षीय विकास थापा रहेको प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक शिशु शर्माले जानकारी दिनुभयो ।

उनीहरुलाई चाँगुनारायण नगरपालिका–९ ताथली हलाल गाउँमा डेरा गरी बस्ने झापा दमक नगरपालिका–९ दुधेका २५ वर्षीय सन्तोष तुम्बापुलाई अपहरण गरेको आरोप लागेको छ ।

तुम्बापुलाई बा९च १८०१ नं को कारमा जबर्जस्ती राखेर लगिएको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले भक्तपुर नगरपालिका–९ ब्रह्मायणीबाट नियन्त्रणमा लीइ तुम्बापुको उद्धार गरिएको शर्माले जानकारी दिनुभयो ।

अपहरणमा प्रयोग भएको गाडीसहित पक्राउ परेका चारै जनालाई प्रहरी वृत्त जगातीमा राखेर अनुसन्धान थालिएको उहाँले बताउनुभयो ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *