बुधवारको दिन यस बिधिले पुजा गरे मिल्नेछ गणेश जि को आशिर्बाद

धर्म दर्शन फोटो फिचर
शेयर गर्नु होला

घरमा गणेश पूजा 

हिंदू संस्कृतिमा भगवान गणेशको स्थान सर्वोपरी छ। हर शुभ काम भन्दा पहिले भगवान गणेशको आह्वान आबश्यक छ। प्रत्येक वर्ष गणेश चतुर्थीको दिन गणेश पूजा गर्ने गरिन्छ तर त्यस दिन बाहेक पनि प्रत्येक बुधवारमा गणेश आराधना गर्दा तपाईको खुशिहरुको र सम्रिद्धिको बाटो खुल्नेछ।

बुधवारमा गरौ गणेश पूजन

गणेश स्तुतिका लागि बुधवारको दिन विशेष मानिएको छ । यस दिन बुध ग्रहका लागि पनि लिए तपाई पूजा-अर्चना गर्न सक्नुहुन्छ। यदि कुनै व्यक्तिको कुण्डलीमा बुध ग्रह अशुभ स्थितिमा छ भने बुधवारको दिन पूजा गर्दा यस दोषको निवारण हुन्छ।

देवता पनि गर्छन उपासना

देवतापनि आफ्नो कार्य बिना कुनै रुकावटले पूरा गर्न सर्बप्रथम गणेश उपासना गर्छन। शास्त्रमा पनि भगवान गणेशको महत्ताको वर्णन गरिएको छ। भनिएको छ कि एक पटक भगवान शंकर त्रिपुरासुरको वध गर्नमा असफल भए।असफलतामा महादेवले विचार गरे अनि शिवजीलाई ज्ञात भयो कि उनि गणेशजीको अर्चना नगरे रै त्रिपुरासुर संग युद्ध गर्न गएका थिए। त्यश्पश्चात शिवजीले गणेश पूजन गरेर फेरि त्रिपुरासुर माथि प्रहार गरे र बध गरे ।

गणेश जी को पुजा बिधि

बिहान स्नान गरे पश्चात तांबको पात्रमा गणेश जी को मूर्ति स्थापित गर्नुहोस्। पात्रलाइ राम्रो संग साफ गर्नुहोस् र पूजाको समय मुख पूर्व दिशामा राखनुहोस्। सफा आसनमा बस्नुहोस् र भगवान गणेश लाई फूल, धूप, दीप, कपूर, चंदन ले पूजा गर्नुहोस।

गणपतिको पूजामा दुबो अर्पित गर्न न भुलौ यो अत्‍यंत शुभ मानिन्छ। पूजा पूर्ण गरेर गणेश लाई मोदकको भोग लगाउ। अंतमा भगवानको ध्यान गर्दै यो मंत्र को १०८ चोटि मनमा जाप को ॐ गं गणपतये नमः

दिन भरि व्रत राखे पछि बेलुका पनि पूजा अवश्य गर्नु पर्दछ।। यो दिन भागवत महापुराणको पाठ गर्नु पनि शुभ मानिन्छ। बुधवारको पूजामा हरियो रंगको अत्‍यंत महत्‍व हुन्छ यो दिन हरियो रंगको फल, फूल और वस्त्र बस्त्र दान गर्नु शुभ मानिन्छ।

बुधवारको व्रतमा नुन् खाना वर्जित हुन्छ।दिन्मा एक पल्ट मात्र भोजन गरौ र दही, मूंग दालको हलवा या कुनै पनि हरियो वस्तुले बनेको चीज खानुपर्छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *