काङ्ग्रेस सभापति देउवाद्वारा गोल्छाको निधनप्रति दुःख व्यक्त

समाचार
शेयर गर्नु होला

काठमाडौँ

नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वसांसद एवं प्रसिद्ध उद्योगपति दिवाकर गोल्छाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाले आज एक शोक विज्ञप्तिमार्फत उहाँको निधनबाट नेपालको औद्योगिक क्षेत्रमा अपूरणीय क्षति पुगेको र राष्ट्रले एक कुशल उद्योगपतिलाई गुमाएको उल्लेख गर्नुभएको छ ।

साथै सभापति देउवाले स्व गोल्छाको आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।

पूर्वसांसद एवं प्रसिद्ध उद्योगपति गोल्छाको मङ्गलबार राति भारतको चेन्नैमा उपचारका क्रममा निधन भएको हो । उहाँ मिर्गाैलासम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो । स्व गोल्छा विसं २०६४ को संविधानसभामा काङ्ग्रेसका तर्फबाट सभासद् हुनुहुन्थ्यो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वौपाध्यक्षसमेत रहनुभएका स्व गोल्छा नेपालको औद्योगिक क्षेत्रमा एक सम्मानित व्यक्तित्व हुनुहन्थ्यो ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *