थाइल्याण्डको चर्चित पर्यटकीय स्थल फुकेटमा सेल्फी लिने सोचमा हुनुहुन्छ ? होसियार मृत्युदण्डको सजाय हुन सक्छ !

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला

एजेन्सि

थाइल्याण्डको चर्चित फुकेट आईल्याण्डमा सेल्फी लिन प्रतिबन्ध लगाइेको छ । यसको लागि सरकारले आदेश पनि जारी गरिसकेको छ । सरकारको आदेशानुसार यदि कोही यहाँ सेल्फी लिँदै गरेको भेटिएका उसलाई मृत्युदण्डको सजाय हुन सक्छ ।

थाइल्याण्डका सुरक्षा अधिकारीका अनुसार यो आईल्याण्डनजिकै विमान उड्ने भएका कारण यहाँ सेल्फी लिन निषेध गरिएको हो । यो आईल्याण्डनजिकै अन्तर्‍ाष्ट्रिय विमानस्थल छ ।

दिनभर सयौं विमान यहाँ आवतजावत गरिरहन्छन् । आईल्याण्डमा पर्यटकले यी विमानसँग सेल्फी लिन्छन् । यसो गर्दा विमान उडाइरहेका पाइलटको ध्यान भट्किन सक्ने भन्दै सेल्फी लिन बन्देज लगाइेको हो ।

पाइलटको ध्यान भट्किएका ठूलो दुर्घटना हुन सक्ने भएकोले यसलाई रोक्न यस्तो आदेश जारी गरिएको हो । नियम तोड्ने पर्यटकलाई बढीमा मृत्युदण्डसम्मको सजाय हुनेछ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *