सर्वोच्चद्वारा वलीलाई थुनामुक्त गर्न अस्वीकार ,छोरीले दिएको बन्दी प्रत्यक्षीकरण रिट खारेज

समाचार
शेयर गर्नु होला

काठमाडौं 

सर्वोच्च अदालतले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य हेमन्त प्रकाश वलीलाई रिहाई गर्न बुधबार अस्वीकार गरेको छ। गत चैत ७ गते पक्राउ परेका वलीको रिहाइका लागि उनकी छोरी बिपना वलीले गत चैत १३ गते सर्वोच्चमा वन्दीप्रत्यक्षीकरण रिट दिएकी थीइन्।

रिटमा सुनुवाईपछि सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले जिल्ला अदालत ललितपुरबाट अनुसन्धानका लागि प्रहरी अनुमती प्रदान भैइ हिरासतमा रहेको अवस्थामा वन्दीप्रत्यक्षीकरण रिटका माध्यमबाट छाड्न नमिल्ने आधारमा रिट खारेज गरेको छ।

वलीमाथि प्रहरीले संगठित अपराध, राज्यविरुद्धको अपराध, हातहतियार तथा तथा वम विस्फोट र ज्यानमार्ने उद्दोग गरी चारवटा आरोपमा थुनामा राखेर अनुसन्धान गरिरहेको छ। सर्वोच्चले रिट खारेज गरेपछि वलीलाई पुनः थुनामा लगिएको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *