सरकार कसैको पनि दया माया नगरेर कडा रुपमा प्रस्तुत हुन्छ ! बल प्रयोग गरेरै अस्पताल सुचारु गर्छौँ : मन्त्री पण्डित

समाचार
शेयर गर्नु होला

धनगढी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बल प्रयोग गरेर भए पनि देशभरका अस्पताल सञ्चालन गर्ने बताएका छन्। ‘भएको सहमति विपरित सरकारलाई घुडा टेकाउँछु भनेर डाक्टरले व्यवहार गर्ने ?’, आक्रोशित हुँदै मन्त्री पण्डितले भने, ‘सरकार कसैको पनि दया माया नगरेर कडा रुपमा प्रस्तुत हुन्छ।’

प्रेस क्लव धनगढीले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले कानुनानुसार सरकारले डाक्टरलाई कारवाही गर्न सुरु गरिसकेको तर्क गरे।

‘अबको निकास भनेको बल प्रयोग गरेर अस्पताल सञ्चालन गर्ने हो’, उनले भने, ‘डाक्टरलाई बोलाएर सबै प्रश्नको सुनुवाई सरकारले पहिले नै गरिसकेको छ।’ डाक्टरका सेवा सुविधा नघट्नेलगायत सबै कुरामा सहमति भैसकेको उनले बताए।

पेशागत मर्यादा भन्दाबाहिर गएर राखेको माग पुरा नहुने पत्रकार सम्मेलनमा अबगत गराए। ‘साइन बोर्ड देशभर राख्ने तर व्यक्ति काठमाडौँमा कुनै हालतमा हुँदैन’, मन्त्री पण्डितले भने।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *