पूर्व राजाको निजी काममा प्रयोग भएको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु

समाचार
शेयर गर्नु होला

काठमाडौं

पूर्व राजा ज्ञानेन्द्र शाहको निजी काममा प्रयोग भएको गाडीले ठक्कर दिँदा मोरङमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। बिहीबार बिहान पूर्वराजा ज्ञानेन्द्र शाहको सामान विराटनगर विमानस्थल पुर्याएर फर्किएको बा ३ च ७९६२ नम्बरको गाडीले को १५ प ९९७९ नम्बरको मोटरसाइकललाई सुन्दरहरैचा नगरपालिका–४ बुधबारे चोकस्थित सडकमा ठक्कर दिएको थियो।

कारको ठक्करबाट मोटरसाइकल चालक ईटहरी उप–महानगरपालिका ८ बस्ने वर्ष २२ को प्रकाश चौधरी र मोटरसाइकलको पछाडी सवार वर्ष २२ को हेम चौधरी गम्भीर घाइते भएका थिए । घाइते हेमको उपचारको उपचारको क्रममा नोबेल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

प्रकाश चौधरीको भने सोही अस्पतालमा उपचार भैरहेको छ । ठक्कर दिने गाडी सशस्त्र प्रहरी बलका जवान दीपेन्द्रप्रसाद लम्सालले चलाएका थिए । उनी अहिले प्रहरी नियन्त्रणमा छन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *